सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्पष्टिकरण जवाफ पेश, प्रदेश कमिटी हेरफेर


  •    न्युजभित्तो/१७ चैत्र २०७७, मंगलवार १५:४४ 
  • काठमाडौँ, १७ चैत । नेकपा (एमाले) का नेता घनश्याम भूषालले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पेश गर्नुभएको छ । भुषालले पार्टीले सोधेको स्पष्टिकरणको जवाफ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लेख्दै आज पेश गर्नुभएको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

    यसअघि पार्टीका नेता माधवकुमार नेपाल र भीम रावलले स्पष्टिकरणको जवाफ दिइसक्नुभएको छ । स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नभएपछि उहाँहरु दुवै जनालाई अध्यक्ष केपी शर्मा ओलीले छ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्नुभएको छ ।

    यहि चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी विपरीतका गतिविधि गरेको भन्दै भूषालसहित पार्टीका नेता नेपाल, रावल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उहाँहरु चारै जना नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको दफा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टिकरण सोध्नुभएको थियो ।

    स्पष्टिकरणको जवाफमा भूषालले आफू पार्टी विरोधी गतिविधि नगरेको र नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धतिमा रहेको जवाफ पठाउनुभएको छ ।

    प्रदेश कमिटी हेरफेर

    यस्तै एमालेले प्रदेश कमिटीको जिम्मेवारि हेरफेर गरेको छ । प्रदेश–१ को इन्चार्जमा सुवास नेम्बाङ, सहइन्चार्जमा लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्क आङबोहाङ, राजेन्द्र गौतम तथा प्रदेश अध्यक्षमा देवराज घिमिरे र सचिव विनो ढकाल रहेका छन् ।

    यस्तै प्रदेश–२ को इन्जार्च सत्यनारायण मण्डल, सहइन्चार्ज लीला श्रेष्ठ तथा प्रदेश अध्यक्षमा प्रभु साह र सचिव सुमन प्याकुरेल रहेका छन्् । यस्तै वागमती प्रदेशमा इन्चार्ज रामवहादुर थापा, सहइन्चार्जमा काशीनाथ अधिकारी, शेरवहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ तथा प्रदेश अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहनी रहनुभएको छ ।

    गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्जमा किरण गुरुङ, पदमा अर्याल, लिलबहादुर थापामगर तथा प्रदेश अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपाली रहनुभएको छ । लुम्बिनी प्रदेश इन्चार्जमा शङ्कर पोखरेल, सहइन्चार्जमा मणिचन्द्र थापा, दलबहादुर राना, बैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने तथा प्रदेश अध्यक्षमा लिला गिरी र सचिवमा खेममान खड्का रहनुभएको छ ।

    कर्णाली प्रदेश इन्चार्जमा यामलाल कँडेल, सहइन्चार्जमा लक्ष्मी पोखरेल, गुलावजङ्ग शाह तथा प्रदेश अध्यक्षमा गोरख बोगटी र सचिवमा धर्मराज रेग्मी रहनुभएको छ । यस्तै सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट, सहइन्चार्जमा गणेश ठगुन्ना र नारदमुनी राना तथा प्रदेश अध्यक्षमा कर्णवहादुर थापा र सचिवमा राजेन्द्रसिंह रावल रहनु भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.