सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महानगरपालिकामा अपाङ्गतामैत्री सवारीसाधन सञ्चालन


  •    न्युजभित्तो/१७ चैत्र २०७७, मंगलवार १५:१७ 
  • ललितपुर, १७ चैत । ललितपुर महानगरपालिकाभित्र अपाङ्गतामैत्री सवारीसाधान सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई बहुअपाङ्गता भएका व्यक्तिको हितमा एक क्याब व्यवस्था गरिदिएर सोको साँचो हस्तान्तरण गर्नुभयो । सो सवारीसाधन दैनिक सञ्चालन गर्न चाहिने एक चालक, इन्धन, सवारी बीमा, ब्लु बुक नविकरण आदिका खर्च महानगरपालिकाले सबै व्यहोर्ने महर्जनले जानकारी गराउनुभयो ।

    केन्द्र ललितपुरका अध्यक्ष श्रेष्ठले सो अपाङ्गतामैत्री सवारी साधन अर्थात क्याब महानगरपालिकाभित्र रातो र निलो अपाङ्गता परिचयपत्र प्राप्त व्यक्तिका जुनसुकै आवश्यक काम पर्दा लान र लैजान प्रयोग गरिने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाभित्र हालसम्म कूल ५५२ ले अपाङ्गताको परिचयपत्र लिइसक्नुभयो । जस्मा मात्र बहुअपाङ्गता भएकाले यस सवारीसाधन प्रयोग गर्न पाउनुहुनेछ ।” महानगरपालिका कार्यालयमा एक बस्ने कक्ष, तलमाथि गर्न लिफ्ट, अपाङ्गतामैत्री शौचालय, बगैँचा, फुटपाथ र सवारीसाधनसमेत उपलब्ध रहेको उहाँले आँैल्याउनुभयो ।

    जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सो महानगरपालिकाले बहुअपाङ्गता भएका व्यक्तिका लागि सवारीसाधन उपलब्ध गराएर उदाहरणीय काम गरेको चर्चा गर्नुभयो । सो सवारीसाधन नेपालमा पहिलो पटक भित्रिएको र यसको खरिदका लागि महानगरपालिकाले रु २० लाख, केन्द्र ललितपुरले रु तीन लाख ५० हजार र इरुका इन्डिपेन्डेन्ट लिभिङ्गले रु १६ लाख ७५ हजार रकम खर्च गरेका कार्यक्रममा बताइयो ।

    सो क्याबमा चार जना ह्वीलचेयरसहित पछाडि र अगाडि बस्न मिल्छ । बहुअपाङ्गता भएका व्यक्ति सविना डङ्गोल, सञ्जु महर्जन र उदयबहादुर पौडेललाई महानगरपालिका पाङ्गणबाट केन्द्रको कार्यालयसम्म सवारीसाधन चढाएर सञ्चालनमा ल्याइयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.