सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन प्रदेशको स्थायी राजधानीमै गर्ने तयारी


  •    न्युजभित्तो/१७ चैत्र २०७७, मंगलवार १४:०० 
  • बुटवल,  १७ चैत ।  राप्ती प्राविधिक शिक्षालयको जग्गा र सम्पत्ति प्रयोगको अधिकार संघीय सरकारले प्रदेश सरकारलाई दिएपछि लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन प्रदेशको स्थायी राजधानीमै गर्ने तयारी थालिएको छ।

    प्रदेशसभाको भोलि चैत १८ गतेदेखि हिउँदे अधिवेशन बस्दैछ। हिउँदे अधिवेशन बढीमा ५ वटा बैठक बसेर सकिनेछ।

    त्यसपछि बस्ने वर्षे अधिवेशन भने दाङ देउखुरीमै बस्ने गरी तयारी थालिएको हो। दाङको राप्ती गाउँपालिकाको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालयको जग्गा र सम्पत्ति प्रयोगको अधिकार संघीय सरकारले प्रदेश सरकारलाई दिएको छ।

    गत चैत ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयलाई पत्र लेखी जग्गाको भोगाधिकार लुम्बिनी प्रदेश सरकारलाई दिइएको उल्लेख गरेको छ।

    लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकालाई तोके पनि जग्गा र संरचना अभावमा प्रदेशसभा सचिवालय, सरकारका मन्त्रालय तथा विभिन्न विभागहरू प्रदेशको मुकाम बुटवलमै रहेका छन्।

    यही बीचमा सरकारले गरेको यो निर्णयले प्रदेशसभालाई पनि देउखुरीमा लैजानको लागि बाटो खुलेको चर्चा चल्न थालेको छ।
    प्रदेशसभा सचिवालयका अधिकृत हरिहर पोख्रेलले सरकारले शिक्षालयको भवनमा प्रदेशसभाको तयारी गर्न आग्रह गरेमा आफूहरू तयार रहेको बताएका छन्।

    ‘आठौं अधिवेशन दाङमा गर्ने तयारी गरिएको हो, तर शिक्षालय प्रदेश सरकार मातहत आए पनि कुन संरचना प्रदेशसभालाई दिने भन्ने यकिन भएको छैन,  सरकारको धारणा पनि प्रदेशसभा भवनको टेण्डर भइसकेको अवस्थामा त्यही भवन निर्माण भएपछि जाँदा सहज हुन्छ भन्नेछ,’ उनले भने।

    अघिल्लो महिना स्थापना भएको प्रदेश पूर्वाधार प्राधिकरणले हालै ८ करोड रुपैयाँको लगानीमा अस्थायी प्रदेशसभा निर्माणका लागि टेन्डर समेत प्रकाशन गरिसकेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.