सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार महासङ्घ प्रदेश १ को भवन उद्घाटन


  •    न्युजभित्तो/१७ चैत्र २०७७, मंगलवार १५:०१ 
  • विराटनगर,१७ चैत । नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समितिको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गरिएको छ । सो भवन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्क्तरुपमा उद्घाटन गर्नुभयो ।

    सो अवसरमा प्रदेश समितिले प्रकाशित गरेको ‘मेरो पत्रकारिता’ पुस्तकको पनि विमोचन गरियो । भवन बनाउन विराटनगर महानगरपालिकाले वडा नं ५ स्थित रु एक करोडभन्दा बढी मूल्यको जग्गा निःशुल्क उलब्ध गराएको थियो । भवन निर्माण गर्न प्रदेश सरकारले रु ७६ लाख आर्थिक सहयोग गरेको छ ।

    व्यापारिक उद्देश्यसहितको सो भवन बैठक कक्षसहित दुई तले छ । कार्यक्रममा प्रदेश नं १ का ३० वर्षभन्दा बढी पत्रकारिता क्षेत्रमा अनवरत योगदान एवम् क्रियाशील रहनुहुने पत्रकार लोकराज ढकाल, गोविन्दचन्द्र क्षेत्री, कृष्ण अधिकारी, कौशल चेम्जोङ, शिव कार्की, यज्ञ शर्मा, कृष्ण हुमागाईँ, लक्ष्मी लुइँटेल, राजबाबु शङ्करलगायत ३० जना पत्रकारलाई सम्मान गरियो । मुख्यमन्त्री राईले सङ्घीयताको उपहारको रुपमा रहेको यो भवनबाट सञ्चारकर्मीलाई आफ्ना क्षेत्रमा योगदान दिन मद्दत पुग्ने बताउनुभयो ।

    उहाँले संविधान र सङ्घीयताको कार्यान्वयनमा पत्रकारको पनि भूमिका महत्वपूर्ण छ भन्दै समृद्धि र विकासको फराकिले यात्रालाई पूरा गर्न सञ्चारकर्मीको अझ भूमिका आवश्यक छ भत्रुभयो । मुख्यमन्त्री राईले स्थायी शान्ति र सुशासनविना समृद्धि र विकासको यात्रा पूरा गर्न कठिन हुने चर्चा गर्दै महासङ्घलाई राजनीतिक आस्थाको केन्द्र नभई व्यावसायिक तथा पेशागत हितको निम्ति उपयोग गर्न सुझाव दिनुभयो ।

    आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले समाजको महत्वपूर्ण अङ्गको रुपमा रहेको पत्रकारिता सत्य र तथ्यको आधारमा चल्नुपर्ने धारणा राख्नुभयो । उहाँले समृद्धि र विकासको यात्रामा पत्रकारिता क्षेत्रलाई कम आँकलन गर्न नहुने भन्दै समाजका चुनौती र समस्यालाई चिरफार गर्न यो क्षेत्रले महत्वपूर्ण योगदान दिइरहेको बताउनुभयो ।

    उहाँले पत्रकारिता पेशा राजनीतिक पार्टीको निर्देशन र आदेशअनुसार नभई मुलुकको वास्तविकताको आधारमा चल्नुपर्ने सुझाव दिँदै पत्रकारले पेशागत एकतालाई व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिनुभयो । महासङ्घका केन्द्रीय अध्यक्ष आचार्यले सरकारलाई खबरदारी गर्ने र समाजमा चेतना फैलाउने पत्रकारिता पेशा इमान्दार हुनुपर्ने बताउनुभयो । उहाँले यो क्षेत्रलाई राजनीतिक दवावभन्दा बाहिर राख्नुपर्ने सुझाव दिँदै नेतृत्वमा आउने पदाधिकारीले नयाँ एवम् रचनात्मक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले पत्रकारिता क्षेत्रको विकास र पेशागत हक हितका लागि नवनिर्मित भवन कोशेढुङ्गा हुने भन्दै पत्रकारिताको खोज र अनुसन्धानका लागि यो भवनले धेरै बल प्रदान गर्ने बताउनुभयो । महासङ्घ प्रदेश–१ समितिका अध्यक्ष विक्रम लुइँटेल र उपाध्यक्ष सोमनाथ सुसेलीले समिति बनेको तीन वर्षको अवधिमा धेरै काम गरेको जानकारी दिँदै भवन बनाउनमा सहयोग गर्ने दातालाई धन्यवाद दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.