सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शैक्षिक संस्था कोरोनाको ‘हटस्पट’ बन्ने संभावना बढ्यो, : स्वास्थ्य मन्त्रालय


  •    न्युजभित्तो/१६ चैत्र २०७७, सोमबार ११:३५ 
  • काठमाडौं, १६ चैत । स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्था कोरोनाभाइरसको हटस्पट बन्दै गएको बताएको छ । नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले विद्यालय, कलेज भाइरसले प्रभावित बनेको बताए ।

    उनका अनुसार टेकुसहितका विभिन्न अस्पतालमा पछिल्लो समय कोरोनाका बिरामी बढेको र तीमध्ये अधिकांश कलेज र स्कुलका शिक्षक रहेको पाइएको छ । कोरोनाको कारण पछिल्लो समय विद्यालय र कलेज संक्रमित भएको र बन्द गर्ने क्रम बढेको समेत जनाए ।

    प्रवक्ता गौतमले विद्यालयमा जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य रुपमा लागु गर्न समेत आग्रह गरे । शैक्षिक संस्थामा जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा फितलो भएको समेत उनले जनाए ।

    स्वास्थ्य मन्त्रालयले भीडभाड नगर्न र मापदण्ड कार्यान्यवन नगर्न भनेपनि सर्वसाधारणले त्यसको अवज्ञा गर्दै आइरहेका छन् । विज्ञहरुले यस्तै अवस्था कायम रहे कोरोनाका दोस्रो लहर आउन सक्ने बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.