सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री-सभामुख सम्बन्ध सुधारमा कसले खेल्यो भूमिका?


  •    न्युजभित्तो/१६ चैत्र २०७७, सोमबार ११:०९ 
  • काठमाडौं, १६ चैत । प्रतिनिधिसभा विघटनपछि पुनःस्थापित संसद अधिवेशनको पहिलो बैठक फागुन २३ मा बस्दा प्रधानमन्त्री केपी शर्मा ओली बैठक शुरु हुनुअघि नै १० मिनेट बसेर संसदबाट बाहिरिए।

    जतिबेला प्रधानमन्त्री संसद भवन पुगेका थिए, त्यतिबेला सभामुख अग्निप्रसाद सापकोटा आफू निकट नेताहरुसँग परामर्श गरिरहेका थिए।
    संसद भवनबाट बाहिरिएपछि प्रधानमन्त्री ओलीले आफू निकट संसदीय दलको बैठक बोलाए। र सो बैठकमा सभामुख सापकोटामाथि आक्रोश पोखे। उनले भनेका थिए, ‘मसँग परामर्श नगर्नेरु संसद कसरी चलाउनुपर्छ म देखाइदिन्छु।’

    नभन्दै प्रधानमन्त्री ओलीले ‘देखाइ दिए’। पुनःस्थापित भएको प्रतिनिधिसभाको पाँचवटा बैठक बस्दा बैठकले कुनै प्रगति गरेन। सरकारले विजनेश नै दिएन। संसद विजनेशविहीन भयो, छ।

    प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीचको यो तिक्तताले जनप्रतिनिधिको उच्च संस्था पंगु बनेपछि सभामुख सापकोटा अप्ठ्यारोपमा परे। तत्तकालीन नेकपाको तर्फबाट सापकोटा सभामुख बन्दा प्रधानमन्त्री ओली उनीसँग सन्तुष्ट थिएनन्। प्रधानमन्त्री ओलीले सापकोटालाई रोक्न निकै प्रयास गरेका थिए। तर, प्रचण्ड नगलेपछि बाध्य भएर ओलीले सापकोटालाई सभामुखमा स्वीकार गरेका थिए।

    यस्तो पृष्ठभूमिमा सभामुख सापकोटा र प्रधानमन्त्री ओलीबीच सौहार्द सम्बन्ध कहिल्यै नभएको बेला मंसिर ३० को संवैधानिक परिषदको बैठक सभामुखले बहिस्कार गरे। यो बहिस्काले प्रधानमन्त्री ओली सापकोटासँग निकै आक्रोशित बनेका थिए।

    सरकार प्रमुख र सरकार जन्माउने प्रतिनिधि सभाका प्रमुखबीचको सम्बन्ध तिक्ततापूर्ण बन्दा त्यसले नकरात्मक सन्देश दिएपछि छटपटीमा परेका सापकोटाले प्रधानमन्त्री ओलीसँग सम्बन्ध सुधार गर्ने मेसो खोजेका थिए।

    गत शुक्रबार सभाुमख सापकोटाले एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङको सहयोग मागे। उनले नेम्वाङलाई फोन गरेर प्रधानमन्त्री ओलीसँग भेट्न चाहेको बताएपछि शुक्रबार नै नेम्वाङले प्रधानमन्त्रीलाई भेटेर समय मिलाएको उच्च स्रोतले बतायो।

    एक सार्वजनिक कार्यक्रममै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाको भूमिका सन्तुलित नभएको भन्दै अबका दिनमा सन्तु्लित हुने विश्वास लिएको बताएका थिए। र भेट्न चाहेमा भेट हुने बताएका थिए।

    सापकोटाले भेट्न चाहेको खबर बालुवाटार पुगेपछि प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ दिए। र आइतबारको भेट सम्भव भएको हो।
    आइतबार बालुवाटारमा भएको भेटमा दुबैतर्फबाट मन माझामाझ भएको बालुवाटार स्रोतले जनायो। र दुबैजनाले आपसी अविश्वासलाई मेटाएको बालुवाटार निकट स्रोतको भनाइ छ।

    यो भेटपछि प्रधानमन्त्री ओली र सभामुख सापकोटा प्रतिनिधिसभाको जारी अधिवेशन छिटै अन्त्य गर्ने निष्कर्षमा पुगेका छन्। एक दुई दिनभित्रै जारी अधिवेशन अन्त्य हुने बालुवाटार निकट स्रोतले जनायो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.