सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वायुमण्डलको अवस्था आज पनि नाजुक, कुन ठाउँमा कति प्रदुषण ?


  •    न्युजभित्तो/१६ चैत्र २०७७, सोमबार १०:४७ 
  • काठमाडौं १६ चैत। लगातार चौंथो दिन पनि सोमबार उपत्यकासहित मुलुकका विभिन्न सहरको वातावरणीय अवस्था स्थिर देखिएको छ ।

    शुक्रबारयता देशव्यापी रुपमा लागेको डढेलोले काठमाडौंसहितका ठाउँमा बाक्लो तुवाँलो लागेको छ । जसले गर्दा घाम लाग्न सकेको छैन भने बढेको प्रदूषणले आँखा पोल्ने समस्या भएको छ ।

    जल तथा मौसम विज्ञान विभागले सोमबार पनि काठमाडौंको वातावरणीय अवस्थामा सुधार नआउने जनाएको छ । ‘देशव्यापीरुपमा आगो फैलिएको छ । मौसममा आजै सुधार आउने सम्भावना छैन’ मौसमविद् मीनकुमार अर्यालले नेपालप्रेससँग भने, ‘भोलिबाट हावाको गति बढ्न सक्छ । सुधार हुने आशा राखेका छौं ।’

    पहाडी भूभागमा हल्का बदली भएपनि तत्काल पानी पर्ने सम्भावना नरहेको उनले जनाए ।

    सोमबार बिहानसम्म पनि काठमाडौको वायुको गुणस्तर एक्यूआइ घातक देखिएको छ । झम्सिखेल ललितपुरको एक्यूआइ सबैभन्दा बढी ४३४ पीएम देखिएको छ । अमेरिकी दूतावासको एक्यूआइ ३१९ पीएम, दरबारमार्गको ३५४, रत्नपार्कको १५२, भैंसेपाटीको ३३६ देखिएको छ ।

    वीरेन्द्र स्कुल भक्तपुरको एक्यूआइ ३०३, शंखपार्क काठमाडौंको ३१९ पीएम देखिएको छ । पोखराको एक्यूआइ १४७, नेपालगंजको १५९, दाङको १६२ प्राप्त भएको छ ।

    एयर क्वालिटी इन्डेक्सको १० बजेसम्म काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.