पत्रकार दराईलाई मातृशोक, प्रेस चौतारीद्वारा दुःख व्यक्त
न्युजभित्तो/१४ चैत्र २०७७, शनिबार २०:४३
चितवन, १४ चैत । प्रेस चौतारी नेपाल चितवनका कार्यसमिति सदस्य तथा कालिका एफएममा कार्यरत पत्रकार सविता दराईलाई मातृशोक परेको छ । दराईकी माता जितनी दराईको आज शनिबार ६० वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय दराईको आजै पवित्र तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ ।
यसैबीच प्रेस चौतारी नेपाल चितवन शाखाले आज एक शोक वक्तव्य प्रकाशित गरी निधनप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष सुवास पण्डितद्वारा जारी व्यक्तव्मा उनको आज भएकोे असामयिक निधनले स्तब्ध र दुःखी भएको उल्लेख गरिएको छ । शोक व्यक्तव्यमा उनको असामयिक निधनले हामीलाई अभिभावक गुमेको आभास भएको उल्लेख गरिएको छ । प्रेस चौतारी चितवनले स्वर्गीय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।