सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा होलीको अवसरमा खुल्ला महिला दौड प्रतियोगिता


  •    न्युजभित्तो/१३ चैत्र २०७७, शुक्रबार १७:३२ 
  • भरतपुर, १३चैत । तराई होलीको अवसरमा चितवनमा महिला दौड हुने भएको छ । लियो क्लब अफ भरतपुर र योङ्ग–नेपालको संयुक्त आयोजनामा भरतपुर महानगरपालिका भित्रको पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारको लागि लियो १२ औं महिला खुल्ला दौड प्रतियोगिता हुन लागेको हो ।

    कोरोनाका कारण ठप्प बनेको पर्यटकीय गतिविधि आन्तरीक पर्यटक मार्फत चलाएमान गराउने र स्थानीय पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्धेश्यले दौड प्रतियोगिता आयोजना गरिएको लियो क्लब अफ गीतानगरका अध्यक्ष संजिव ओझाले जानकारी दिए । ‘पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिकालिको प्रचारप्रसारका लागी म’ भन्ने नाराका साथ आयोजित दौड प्रतियोगिता वडा नम्बर ६ को दक्षिणकालि मन्दिर देखि सुरु भएर भरतपुर महानगरपालिका वडा नम्बर १३ मा रहेको बाटुली पोखरीमा सम्म हुनेछ ।

    झण्डै २ किमिको दौड प्रतियोगीतामा प्रथम हुनेले हुनेले नगद ४ हजार ४ सय ४४, द्वितीय हुनेले ३ हजार ३ सय ३३, तृतीय हुनेले दुई हजार २ सय २२ र सान्तवना हुने १ हजार १ सय ११ रुपैयाँ सहित प्रमाणपत्र, मेडल, ट्रफी र परिवार सहित बाटुली पोखरीमा निशुल्क डुङ्गा सयर गर्न पाउने कार्यक्रम संयोजक रेशम तिमल्सीनाले जानकारी दिए ।

    विगत ११ वर्षदेखि लियो क्लव अफ गीतानगरले खेलकुद क्षेत्रको विकाससंगै चार्डपर्वको बेलामा युवा पुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने उद्देश्यले लियो खुल्ला दौड प्रतियोगीता गर्दै आएको हो । यस अघि पुरुष खुल्ला दौड प्रतियोगीता हुदै आएको भएपनि क्लवले पहिलो पटक क्लवले महिला दौड प्रतियोगीता आयोजना गरेको हो । आन्तरीक पर्यटन विकासको लागी महिलाको भुमिका महत्तवपूर्ण हुन्छ त्यसैलाई आत्मसाथ गर्दै हामीले महिला दौड गरेका हौ तिमल्सिनाले भने ।

    सामुदायीक वन अन्तर्गत पर्ने दक्षिणकालि मन्दिर यहाँको आस्था संगै धार्मीक पर्यटकीय केन्द्र हो । वाटुली पोखरी मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष हरिदत्त मिश्रका अनुसार २० हेक्टर क्षेत्रफलमा फैलिएको बाटुली पोखरी पश्चिम चितवनकै उत्कृष्ट पर्यटकीय स्थल हो । विभिन्न किसिमका चराचुरुंगी, गोहीलगायत सरिसृप प्राणीको बासस्थान यहाँछ । बाघ, भालु, गैंडा, हरिण, बंदेल, जरायोलगायतका वन्यजन्तु पानी पिउन पोखरीमा आउने गरेका छन ।

    पर्यटकहरुको लागी हात्ती सयर, डुगा सयरको समेत व्यवस्था गरीएको छ । मिश्र यस्ता कार्यक्रमहरुले पर्यटकको संख्या बढाउनेमा विश्वस्त छन् । विश्व रामसार सूचीमा रहेको बीसहजारी तालनजिकै पर्ने यो क्षेत्र भरतपुरबाट करिब १२ किलोमिटर र सौराहाबाट ७ किलोमिटरको दूरीमा छ ।
    लियो क्लव अफ गीतानगर र योङ्ग– नेपालको आयोजना सम्पन्न दौड कार्यक्रममा लायन्स क्लव अफ गीतानगर, वाटुली पोखरी मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूह र दक्षिणकाली मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूह सह–आयोजकको रुपमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस्: नेपाल रेडक्रस सोसाइटी
    गणित शिक्षकको क्षमता अभिवृद्धि गर्न तालिम
    अनुमति बिना स्टिकरको प्रयोग निषेध
    • रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    • बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    • राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.