माडी नगरपालिका वडा नंबर ८ मा एकैसाथ ठूलो संख्यामा माछा मरेसंगै पोखरीमा विष हालिएको आशंका
न्युजभित्तो/१३ चैत्र २०७७, शुक्रबार १४:१३
चितवन, १३ चैत । चितवनको माडी नगरपालिका वडा नंबर ८ मा एकैसाथ ठूलो संख्यामा माछा मरेसंगै पोखरीमा विष हालिएको आशंका गरिएको छ।
कान्तिपुर गाउँ निवासी माछापालन कृषक भोजराज बहादुर गायकले ले घर नजिकै माछापालन गरेको १२ कठ्ठा क्षेत्रफलको जलासय पोखरीमा पालेको माछाहरु मर्दा एकैपटकमा करीब ३ लाख रुपँया बराबरको क्षती पुगेको पीडित गायकले बताए ।
एकैसाथ ठूलो संख्यामा माछा मरेसंगै पोखरीमा बिष हालिएको आशंकामा ईलाका प्रहरी कार्यालय माडीले मरेको माछा र पोखरीको पानी परीक्षणका लागि पठाएको छ।
गायकले माछा मरेपछि आफ्नो ब्यबसाय नै ठुलो घाटामा गएको बताए । तर आज सम्म पनि सो घटनाको रिपोर्ट आउन नसकेको पीडितको भनाइ छ । पीडितका अनुसार, अहिलेसम्म यस्तो घटना हुँदा पनि स्थानीय सरकारले कुनै चासो नदेखाएकोमा समेत चिन्ता व्यक्त गरेका छन् ।