सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन प्रिमियर लिग मंसिरमा हुने


  •    न्युजभित्तो/१३ चैत्र २०७७, शुक्रबार १३:५० 
  • भरतपुर, १३ चैत । दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगिता आउँदो मङ्सिर महीनामा हुने भएको छ । सिपिएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर (डिसेम्बर) महीनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताको पहिलो संस्करण गत माघ महीनामा भएको थियो । यसपटक विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण केही ढिलाइ हुन पुगेको हो ।

    सिपिएलका संस्थापक तथा प्रबन्ध निर्देशक राजु चौधरीका अनुसार यसपटक प्रतियोगिता भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । पहिलो संस्करण नारायणगढस्थित क्याम्पाचौरमा सञ्चालन भएको थियो । दोस्रो संस्करणलाई अझै व्यवस्थित र भव्य बनाउने प्रयास भइरहेको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिनुभयो ।

    पहिलो संस्करणमा प्रत्येक टिममा तीन राष्ट्रिय खेलाडी अनिवार्य गरिएको थियो । आउने संस्करणमा राष्ट्रिय खेलाडीको सङ्ख्या बढाउने योजनामा आयोजक रहेको छ । चितवन क्रिकेट सङ्घको सहकार्यमा नारायणी एड्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा हुने यस प्रतियोगितामा पाँच वटा टोली रहेका छन् । यस प्रतियोगिताको पहिलो संस्करणको उपाधि राप्ती र्‍यापिड्सले जितेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.