सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैंक खाता, जनतासँगको नाता : प्रदेश २ प्रमुख


  •    न्युजभित्तो/१२ चैत्र २०७७, बिहीबार १६:२१ 
  • काठमाडौं, १२ चैत । नेपाल बैंकर्स संघले प्रदेश २ प्रमुखको कार्यलयमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी अन्तर्क्रिया सम्पन्न गरेको छ ।

    कार्यक्रममा प्रदेश प्रमुख राजेश अहिराज, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बैंकर्स संघका अध्यक्ष भुवन दाहाललगायत पदाधिकारीको उपस्थीति थियो ।

    प्रदेश प्रमुख अहिराजले बैंकमा खोलिने खाता, खाता नभई जनतासँगको नाता भएको बताए । विपन्न नागरिकलाई संस्थागत सामाजिक उत्तरदायित्व तथा अन्य माध्यमबाट नाता सुदृढ गर्ने र गाउँ(टोलसम्म बैंकिङ्ग सेवा विस्तार गरी जनताको घरदैलोसम्म पहुँच विस्तार गर्न आवश्यक रहेको अहिराजले बताएका थिए ।

    उनले कृषि क्षेत्रमा स्रोतको अभावलाई पूर्ति गरी किसानलाई खेतीमा सहयोग गर्नुपर्ने भन्दै सरोकारवालाहरूसँग नीतिगत समन्वय गरी बैंकिङ क्षेत्रसँग सहकार्य गर्न सदैव तत्पर रहने बताए ।

    कार्यक्रममा गभर्नर अधिकारीले प्रदेश २ को उद्यमशीलतालाई प्रवर्द्धनको लागि प्रतिवद्धता जनाए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.