सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसदीय समिति माथिल्लो तामाकोशी अनुगमनमा


  •    न्युजभित्तो/१२ चैत्र २०७७, बिहीबार १६:०९ 
  • काठमाडौँ, १२ चैत । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्ने भएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीका अध्यक्षतामा आज भएको समितिको बैठकले सभापति सुवेदीका संयोजकत्वमा ११ सदस्यीय अनुगमन टोली गठन गरेको छ ।

    यही चैत १४ देखि १७ गतेसम्म स्थलगत अनुगमन गर्ने संसदीय टोलीले आयोजनाको प्रारम्भ, सम्पन्न हुनुपर्ने समय, प्रस्तावित लागत, हालसम्म भएको खर्चलगायत आयोजनाको व्यवस्थापकीय पक्षबारे जानकारी लिनाका साथै सरोकार पक्षसँग छलफल गरी समितिसमक्ष प्रतिवेदन पेश गर्ने कार्यादेश पाएको छ ।
    आजैको बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोगको कामको अनुगमन गर्न समिति सदस्य राजबहादुर बुढा क्षेत्रीका संयोजकत्वमा पाँच सदस्यीय उपसमिति पनि गठन गरेको छ । उपसमितिको कार्यावधि आयोगको समयावधिभर हुने गरी निर्धारण गरिएको छ । त्यसअघि आयोगका कामकारवाहीबारे समितिका सदस्य क्षेत्री, घनश्याम खतिवडा, दलबहादुर राना, राधा ज्ञवाली र सत्यनारायण शर्मा खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.