सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय ठाउँको पहिचान दिने गरी कक्षको नामकरण


  •    न्युजभित्तो/१२ चैत्र २०७७, बिहीबार १३:३३ 
  • कावासोती, १२ चैत । हुप्सेकोट गाउँपालिकाको कार्यालय प्रवेश गर्ने वित्तिकै भवनको तल्लो तलाको एउटा कोठाको ढोकामाथि ‘जारेभञ्ज्या’ कक्ष लेखेको देखिन्छ । छेउको अर्को कोठामाथि ‘शान्तिबाटिका’ कक्ष लेखिएको छ । शुरुमा यहाँ आँखा पुग्नेलाई के लेखेको हो भन्ने मनमा लाग्न सक्छ । नाम सुनेकाले यो यहीँको ठाउँ भन्ने बुझ्लान, नामै नसुनेकाहरुलाई के रहेछ, कहाँ रहेछ भन्ने मनमा खुलदुली लाग्न सक्छ ।

    यति मात्रै होइन, भवनको दोस्रो तलमा चढ्ने बेलामा भ¥याङ छेउको भित्तामा ‘श्रीपोखर कक्ष’, ‘धौवादी कक्ष’, ‘रुद्रपुरगढी कक्ष’, ‘लालीगुराँस कक्ष’, ‘मौलाथर कक्ष’ र ‘राम्चे कक्ष’ लेखिएको देखिन्छ । यसले हुप्सेकोट गाउँपालिकाभित्रको ठाउँको नाम रहेछ भन्ने अनुमान धेरैले लगाउँछन् । सँगै यहाँ ऐतिहासिक गढी र लालीगुराँस फुल्ने ठाउँ रहेछ भन्नेसमेत अनुमान लगाउँछन् । हुप्सेकोट गाउँपालिकाले गाउँपालिकाभित्रका प्रत्येक कोठालाई स्थानीय पहिचान दिएको छ ।

    पछिल्लो समय पुराना बस्ती र ठाउँका नाम मेटिदै जान थालेका छन् । केही व्यक्ति समूहले आफूखुशी विभिन्न नाम राख्ने गरेका छन् । यति मात्रै होइन आफ्नै परिवारसँग जोडेरसमेत नयाँनयाँ नामाकरण गरिरहेका हुन्छन् । यसले पुरानो अस्तित्व समाप्त पार्दै गएको भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन् ।

    पुराना मौलिक नाम हराउँदै जाने होकी भन्ने चिन्ता बढेको छ । यसैले नवलपुरको हुप्सेकोट गाउँपालिकाले भने यहाँका मौलिक नामको पहिचान दिने गरी कक्षाको नामकरण गरेको छ । गाउँपालिकाभित्र पनि पुराना ऐतिहासिक बस्तीको पहिचान नमेटियोस् र यहाँ रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन होस् भनेर गाउँपालिकाभित्रका हरेक कक्षको स्थानीय पहिचान दिइएको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो ।

    “हामी कहाँ धेरै पुराना बस्ती छन्, पर्यटकीय ठाउँ छन्, यहाँ आउनेहरुले थाहा पाउन र ती ठाउँको पहिचान नमेटियोस् भनेर कक्षाहरुको नामाकरण गरेका हौं”, उहाँले भन्नुभयो, “यहाँका स्थानीयवासीलाई गाउँपालिका आउँदा आफ्नो ठाउँको नाम देख्दा अपनत्व होस् र बाहिरबाट आउनेहरुले जानकारी पाउन भन्ने पनि होे ।” गाउँपालिकाको दोस्रो तलामा चढ्ने बित्तिकै उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल रहने धौवादी कक्ष देखिन्छ । लगत्तै राम्चे कक्ष, अध्यक्ष रहने श्रीपोखरी कक्षसहित क्रमशः मौलाथर कक्ष, रुद्रपुरगढी कक्ष र लालीगुराँस कक्ष रहेका छन् ।

    हरेक कोठाको अलग–अलग पहिचना दिँदा पुराना बस्तीको पहिचानसहित यहाँ रहेका पर्यटीय क्षेत्रको प्रवद्र्धनमासमेत सहयोग पुगेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.