सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्ने माधव नेपाल पक्षको तयारी


  •    न्युजभित्तो/१२ चैत्र २०७७, बिहीबार १२:२९ 
  • काठमाडौं , १२ चैत । नेकपा एमालेको माधव नेपाल पक्षले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई निवेदन दिने भएको छ ।

    विधानअनुसार एक चौथाई केन्द्रीय सदस्यले बैठक माग गर्न पाउने भएकाले सोही बमोजिम केन्द्रीय कमिटी बैठकको माग गर्न लागिएको एक नेताले  बताए ।

    माधव नेपाल पक्षले एमाले पुनःस्थापनापछि फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकलाई स्वीकार गरेको छैन । फागुन २८ को बैठकमा खबर नै नभएको र चैत ७ गतेका बैठक बहिष्कार गरेको नेपाल पक्षले विधान बमोजिम बैठक माग गर्न लागिएको हो ।

    त्यसअघि माधव नेपाल पक्षधरको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको छलफल शुक्रबार हुनेछ । सो छलफलले थप रणनीति तय गर्ने बताइएको छ । यसैबीच माधव नेपालसहित चार नेताले आज स्पष्टीकरण पेश गर्ने भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.