सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘पासपोर्ट टु पोखरा’ अफर ल्याइँदै


  •    न्युजभित्तो/१२ चैत्र २०७७, बिहीबार ११:१२ 
  • पोखरा, १२ चैत ।आन्तरिक पर्यटन पुनरुत्थान समिति डिटिआरसी गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन ‘स्क्राच एण्ड वीन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउने तयारी गरेको छ ।

    पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि ‘स्क्राच एण्ड वीन’ मार्फत सो अफर ल्याउन लागिएको समितिका संयोजक अग्नि कँडेलले जानकारी दिनुभयो । “पर्यटक आउनुस् भनेर मात्र आउँदैनन्, केही विशेष र आकर्षक योजना चाहिन्छ । हामी त्यसैका लागि केही अफरको गृहकार्यमा जुटेका छौँ”, कँडेलले भन्नुभयो ।

    उहाँका अनुसार विमानस्थलमा जहाजमा उड्ने यात्रुलाई बोर्डिङ पाससँगै र पर्यटक बसबाट यात्रा गर्ने यात्रुलाई टिकटसँगै ‘पासपोर्ट टु पोखरा’ को एउटा ब्रोसर पनि दिइन्छ । उक्त ब्रोसरको माथि स्क्राच गर्ने ठाउँ हुनेछ । उक्त स्थानमा स्क्राच गरेपछि भाग्यमानी विजेताले त्यहाँ उल्लिखित सेवा निःशुल्क प्राप्त गर्नेछन् । काठमाडौँबाट विभिन्न स्थानमा जाने नेपाली यात्रुलाई लक्षित गरी यो अफर ल्याउन लागिएको हो । स्क्राच कुपनमा प्याराग्लाइडिङ, बञ्जि,र्¥याफ्टिङ, जीप लाइन, अल्ट्रालाइट, डुङ्गा, एयर टिकट, बस टिकट, होटल, पदयात्रा, साइट सिनलगायतका गतिविधि अफरमा समावेश हुनेछ । सो अफरका लागि पर्यटन सम्बद्ध सङ्घ संस्थाले आ–आफ्नो क्षेत्रसँग जोडिएका कुरालाई समावेश गर्नसक्ने छन् ।

    सो योजनाका लागि पोखरा पर्यटन परिषद् पिटिस ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल ९टान० पश्चिमाञ्चल, पश्चिमाञ्चल होटल एशोसिएशन ९हान०, नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर एजेन्टस नाट्टा रेष्टुराँ एण्ड बार एशोसिएसन ९रेवान०, ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएशन ९टेसा० नेपाल माउण्टेनरिङ। एशोसिएशन एनएमए नेपाल हवाई खेलकूद सङ्घ ९ना०, इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन ९ऐगा०, डुङ्गा व्यवसायी, माता तालबाराही आरती सेवा समितिलगायत अन्य सङ्घ संस्थासँग समन्वय र सहकार्य गरेर विशेष प्याकेज ल्याउने तयारी गरिएको हो ।

    कँडेलका अनुसार प्रारम्भिक चरणमा नेपाली नागरिकलाई मात्र लक्षित यो योजनालाई सार्वजनिकसँगै अन्य योजनामा समिति जुट्ने छ । त्यसैगरी गण्डकी प्रदेशको मनाङबाहेकका जिल्लामा उपसमिति बनेको र उक्त जिल्लाबाट पनि स्थान विशेषका पर्यटन ‘प्रोडक्ट’ र गतिविधिका बारेमा जानकारी मागिएको छ । कोभिड–१९ पछि पर्यटनमा नवीनतम सोच र विशेष योजनाको आवश्यकतासँगै प्रदेशको पर्यटकीय विषयसँग जोडेर प्राकृतिक, सांस्कृतिक र धार्मिक गतिविधिलाई जोड दिने कार्यक्रमसमेत ल्याउने तयारीमा समिति जुटेको संयोजक कँडेलले भनाइ छ ।

    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले कोभिड–१९ पछि पर्यटनको अवस्थालाई गति दिन आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले विशेष योजना र प्याकेजबाट पर्यटकलाई आकर्षित गर्न सकिने जनाउँदै विभिन्न सङ्घ संस्थासँग समन्वय र सहकार्यमार्फत केही नवीनतम योजना सार्वजनिक गर्न लागिएको बताउनुभयो । देशका सातै वटा प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरी सोअनुसार पर्यटकीय गतिविधि अगाडि बढेको उहाँको भनाइ छ । “पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने तयारीसँगै अहिले ‘पासपोर्ट टु पोखरा’ योजना तयारीमा छौँ, यसले पर्यटकमा एउटा उत्साह थपिदिने विश्वास लिएका छौँ ।” उहाँले अबको पर्यटनमा नवीनतम सोचको आवश्यकतासँगै यस विषयमा सरोकारवालासहितको राय सुझावसहित ‘वर्कआउट’ गरिरहेको जानकारी दिनुभयो । उहाँले प्रदेशका पर्यटकीय गन्तव्यसँगै सांस्कृृतिक, धार्मिक, प्राकृतिक पक्षलाई उजागार गर्ने कार्यक्रमलाई समेत बोर्डले जोड दिँदै आएको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.