सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारले संक्रमित संख्या उच्च भएमा परिस्थितीअनुसार लकडाउनको निर्णय लिने


  •    न्युजभित्तो/११ चैत्र २०७७, बुधबार १६:५९ 
  • काठमाडौं ११ चैत । सरकारले संक्रमित संख्या उच्च भएमा परिस्थितीअनुसार लकडाउनको निर्णय लिने जनाएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले उक्त कुरा बताएका हुन् ।

    ‘संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्नेछ’ अधिकारीले भने, ‘संक्रमति संख्या बढ्दै गए परिस्थितीअनुसार लकडाउनको निर्णय हुनसक्छ ।’

    चैत १५ र १६ गते मनाइने फागू पर्व होलीलाई घरमै रहेर मनाउन र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरे । बैशाख १ गते मनाइने सुदुरपश्चिमको विसु पर्वलाई पनि सतर्कताका साथ मनाउन उनले आग्रह गरे ।

    भारत र नेपाल सीमावर्ती नाकामा हेल्थ डेस्कको व्यवस्था गर्न र आवश्यक सुरक्षा पनि सरकारले गर्ने उनले जनाए ।

    मन्त्रालयका अनुसार मुलुकमा २४ घन्टामा १४५ संक्रमित थपिएका छन् । ३,९६३ पीसीआर परिक्षण हुँदा १ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ भने मृतक संख्या ३०२० पुगेको छ । अहिले नेपालमा ११८३ सक्रिय संक्रमित छन् ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.