सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना कहर : उद्योग दर्ता हुने क्रम बढ्दै


  •    न्युजभित्तो/११ चैत्र २०७७, बुधबार १६:५२ 
  • सुदूरपश्चिम, ११ चैत । कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो आठ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ । चालु आवकोे आठ महिनामा मात्रै जिल्लामा दुई हजार ४२७ नयाँ उद्योग दर्ता भइसकेका छन् ।

    आव २०७५र७६ मा एक हजार २३४ र गत आव २०७६/७७ मा एक हजार ११४ उद्योग दर्ता भएकामा चालु वर्षको आठ महिनामा नयाँ उद्योग दर्ता भएका हुन् । नयाँ दर्ता हुने उद्योगमा उत्पादनका २६७, कृषिका एक हजार ५९५, सेवाका ५६३ र पर्यटनका दुई छन् ।

    कार्यालयका प्रमुख नवराज भट्टले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्वदेश फर्किनेहरू बढेका र देशभित्रै पनि बेरोजगारी बढ्दै गएसँगै उद्यमशीलता गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा उद्योग दर्ता हुने क्रम पनि बढेको देखिन्छ ।” यसबाहेक महिलाको नाममा दर्ता हुने प्राइभेट फार्मसम्बन्धी उद्योग दर्तामा छुट दिइने र बैंक ब्याजमा समेत सहुलियत दिइने सरकारको नीति रहेकाले महिलाका नाममा बढी उद्योग दर्ता हुने गरेको पनि देखिएको भट्टले बताउनुभयो ।

    कार्यालयले सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा मङ्गलबार गरेको दोस्रो चौमासिक अवधिसम्मको समीक्षा र सुझाव सङ्कलन गोष्ठीका सहभागीले रोजगारी सिर्जना हुने खालका आयमूलक र सीपमूलक तालीमका योजना ल्याउन र यस्ता तालीम नतिजामुखी बनाउन सुझाव दिनुभयो । चालु वर्षको गत आठ महिनामा कार्यालयले रु ९३ लाख ९८ हजार ६०० राजश्व सङ्कलन गरेको छ ।

    उद्योगमा लगानी प्रस्ताव

    जिल्लामा आव २०७७/७८ को फागुन महिनासम्म दर्ता भएका उद्योगहरूमा रु १६ अर्ब ७६ करोड ८० लाख लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी उत्पादनमूलक उद्योगमा रु छ अर्ब तीन करोड ८० लाख लगानी प्रस्ताव गरिएको छ ।

    यस्तै कृषिमूलक पाँच अर्ब ८२ करोड ४० लाख, सेवामूलक रु चार अर्ब ६५ करोड सात लाख, पर्यटनमूलक रु २४ करोड ७० लाख र निर्माणमूलक उद्योगमा रु ३० लाख लगानी प्रस्ताव गरिएको छ । वार्षिक उत्पादन क्षमता झण्डै रु ६८ अर्ब ६६ करोड बराबर रहेको प्रस्ताव गरिएको यी उद्योगबाट ६५ हजार ३८० जनाका लागि रोजगारी सिर्जना भएको जनाइएको छ ।

    कार्यालय स्थापना भएदेखि हालसम्म जम्मा ११ हजार ६८ वटा उद्योग दर्ता भइसकेका छन् । दर्ता भएकामध्ये झण्डै ६० प्रतिशत उद्योग सञ्चालनमा रहेको अनुमान गरिएको छ । अनुगमन निरीक्षण नगरी नहुने उद्योगको अनुगमन गर्ने गरिएकामा जनशक्तिलगायत साधन स्रोतको अभावमा सबै उद्योगको निरीक्षण अनुगमन हुन सकिरहेको छैन ।

    सम्भावना र चुनौती

    जिल्लामा पर्यटनमा आधारित उद्यम, सेवामूलक व्यवसाय, कृषि तथा वनपैदावारजस्ता उद्योगको विकासको सम्भावना प्रचुर छ । प्राकृतिक स्रोत र साधनलाई कच्चापदार्थका रुपमा मात्र निकासी नगरी अन्तिम वस्तु उत्पादन गरी बजारीकरण गर्न सकिएमा हालको आयमा दोहोरो वृद्धि गर्न सकिने सम्भावना छ । उद्योग औद्योगिकग्राम तथा औद्योगिक क्षेत्रको अभाव, आर्थिक विकासका लागि परिमाणात्मक र गुणात्मक रुपमा उद्यमशीलताको विकासको कमी, रोजगारी सिर्जना गर्ने खालका मझौला तथा ठूलो उद्योगको स्थापना हुन नसक्नु, स्थानीय उत्पादनले आयातित वस्तु प्रतिस्थापनका लागि प्रतिस्पर्धा गर्न नसक्नु, भूउपयोग नीति नहुनु, सीपयुक्त श्रमिक र दक्ष प्राविधिकको अभावजस्ता समस्या उद्योगको विकासका लागि चुनौतीका रुपमा देखिएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.