सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा एमालेमा समानान्तर कमिटीको अभ्यास शुरू,नेपाल पक्षले विद्यार्थीको अलग्गै नेतृत्व चयन


  •    न्युजभित्तो/११ चैत्र २०७७, बुधबार १४:५० 
  • काठमाडौं, ११ चैत  । नेकपा एमालेमा समानान्तर कमिटीको अभ्यास शुरू गरेको माधवकुमार नेपाल पक्षले विद्यार्थीको अलग्गै नेतृत्व चयन गरेको छ ।

    काठमाडौंमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को राष्ट्रिय भेलाले मंगलबार राति ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो ।

    माधवपक्षीय अखिलमा सुदेश पराजुली अध्यक्ष छन् । सह-अध्यक्षमा ओसिम आलम र महासचिवमा आरती लामा छन् । उनीहरू तीनैजना अनेरास्ववियुका सचिव थिए ।

    माधव नेपाल पक्षीय अनेरास्ववियुको उपाध्यक्षमा यशु लामा, रेनु शाही, माधव पन्त, कल्पना थापा, सुदीप शर्मा, लोकेश निरौंला र केशरी रेग्मी छन् । कोषाध्यक्षमा दिपेश प्रसाईंलाई चयन गरिएको छ । त्यस्तै, सातै प्रदेशको नेतृत्व पनि बनाइएको छ भने १३ जनाको स्थायी कमिटी गठन गरिएको छ ।

    माधव नेपाल पक्षले यसअघि जयन्ती राईको नेतृत्वमा महिला संघ र नरेश शाही अध्यक्ष रहेको युवा संघको समानान्तर कमिटी बनाइसकेको छ ।

    गुटको भेला गरेको भन्दै एमालेको संस्थापन पक्षले माधव नेपाललगायतका चार नेतासँग स्पष्टीकरण सोधिसकेको छ । समानान्तर भेला र कमिटीहरु गठन गर्नेमाथि कारवाही गरिने चेतावनी एमालेले दिइसकेको छ ।

    अनेरास्ववियुका अध्यक्ष ऐन महरले संगठनको नाममा भेला गर्नेहरुमाथि अनुशासनको कारवाही गर्ने चेतावनी वक्तव्यमार्फत दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.