सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश लोकसेवा पदाधिकारीबाट शपथ


  •    न्युजभित्तो/११ चैत्र २०७७, बुधबार १४:४३ 
  • गण्डकी, ११ चैत । गण्डकी प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा आयोगका नवनियुक्त अध्यक्ष विष्णुप्रसाद नेपाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोखरेलले शपथ गराउनुभयो ।

    आफ्नो शपथलगत्तै अध्यक्ष नेपालले सदस्य कल्पना लम्साललाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । गण्डकी सरकारले यही चैत ७ गते आयोगका पदाधिकारीमा उहाँहरुलाई नियुक्त गरेको थियो ।

    विसं २०७६ साउनमा गण्डकी प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ गण्डकी प्रदेशसभाबाट पारित भएको थियो । नवनियुक्त पदाधिकारीले आजै पोखराको मुस्ताङचोकस्थित आयोगको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ । आयोगका पदाधिकारीको कार्यावधि नियुक्ति भएको मितिले छ वर्षको हुने व्यवस्था छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.