सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले (खनाल-नेपाल) पक्ष सहमत


  •    न्युजभित्तो/११ चैत्र २०७७, बुधबार १४:४० 
  • काठमाडौं, ११ चैत ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले (खनाल-नेपाल) पक्ष सहमत भएको छ ।

    सर्वोच्च अदालतले एकीकरणपछिको नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षीय सांसदहरू अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएका हुन् ।

    प्रदेश एक स्थित एमाले संसदीय दलको बैठकले पनि अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले सांसदहरूलाई एक साताको समय दिएको छ ।

    बुधवारको बैठकमा खनाल-नेपाल पक्षका २ सांसद उपस्थित थिए ।

    अविश्वासको प्रस्ताव फिर्ता लिने मनस्थितिमा सांसदहरू पुगेको पूर्व मन्त्री समेत रहेका नेपाल पक्षीय सांसद जीवन घिमिरेले लोकान्तरलाई जानकारी दिए ।

    ‘अविश्वासको प्रस्ताव फिर्ता लिने सरसल्लाह भएको छ,’ सांसद घिमिरेले भने ।

    नेकपा एकीकृत छँदा प्रचण्ड-नेपाल पक्षका सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रदेश १ मा एमाले एक्लैको बहुमत रहेकाले एमाले सांसदहरू प्रस्ताव फिर्ता लिन तयार भएपछि मुख्यमन्त्री शेरधन राईको पद जोगिने भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.