सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत २० गते बस्ने


  •    न्युजभित्तो/११ चैत्र २०७७, बुधबार १४:२८ 
  • काठमाडौं, ११ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत २० गते बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  दिएको जानकारीअनुसार चैत २० मा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको छ।

    पार्टीको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएकोले यसबारे छलफल गर्ने एजेन्डा छ। चैत १० गतेसम्म क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्नु पर्ने भए पनि ९ जिल्लाले क्रियाशील वितरणका काम सुरू नै गरेका छैनन्।

    सोमबार यसबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेका थिए।

    उक्त बैठकमा क्रियाशील सदस्यताबारे अहिलेसम्म भएका प्रगति र समस्याबारे केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी गराएका थिए।

    लेखकका अनुसार ६८ जिल्लामा मात्रै क्रियाशील सदस्यता वितरण र नवीकरणका कामको विवरण इन्ट्री गर्ने काम भइरहेको छ।

    बाँकी जिल्लामा क्रियाशील वितरण गर्ने समयावधि थप गर्न लागिएको छ। २० गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले केही समय थप गर्न सक्छ।

    कांग्रेसले भदौ ७ देखि महाधिवेशन गर्ने भनेको छ। क्रियाशील सदस्यता वितरणमा ढिलाइ हुँदा महाधिवेशन कार्यतालिका नै प्रभावित हुने भएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.