सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन


  •    न्युजभित्तो/११ चैत्र २०७७, बुधबार १४:२५ 
  • काठमाडौं, ११ चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन गरेका छन्।

    ओलीले थापाथली हाइटस्थित उमंगमार्गमा रहेको निजी व्यक्तिको घर पार्टी कार्यालयका लागि उपर्युक्त हुने/नहुनेबारे अवलोकन गरेका हुन्।

    अवलोकनपछि उनले व्यवस्थापन सबै ठिक भएको बताएको कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

    प्रधानमन्त्रीले निरीक्षण गर्नुभयो। केहीबेर बस्नुभयो। आफ्नो पार्टी कार्यालय कस्तो छ हेर्नुभयो। यहाँ सेटअप गरेको सबै ठिक छ। अब हामी छिट्टै सम्झौता गर्छौं र सर्छौं भन्नु भयो’, उनले भनिन्।

    यसैगरी सांसद तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले उक्त घर पाँच वर्षको लागि सम्झौता भएको बताए। यद्यपि भाडाबारे अहिल्यै नै छलफल नभएको उनले जानकारी दिए।

    ‘मेरै आफन्तको घर हो। भाडा यति नै भन्ने छैन। पार्टीले दिने पैसामा लिन्छु भन्नु भएको छ। पाँच वर्षको लागि सम्झौता छ’, उनले भने।

    उनका अनुसार कालीमाटीमा सञ्जय अग्रवालको आफ्नै घर छ। यद्यपि यसअघि अग्रवालले कालीमाटीमा आफू भाडामा बसेको बताएका थिए।

    एमाले थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा पार्टी कार्यालय सर्न लागेको हो। घरधनी अग्रवालका अनुसार साढे २ तलाको उक्त घरमा १३ कोठा छन्। यसअघि उक्त घरमा संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय थियो अग्रवालले आफ्नो पहिला प्याकेजिङको व्यापार भए पनि लकडाउनपछि बन्द भएको बताएका थिए। उनले एमाले पार्टीसँग आफू आवद्ध नभएको दाबी गरे।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.