चितवन, ११ चैत । सिरक डसना उद्योगमा आगलागी भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ मा रहेको राजेन्द्र प्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आजबुधवार विहान बिद्युत सट भई आगलागी भएको हो ।
आगलागीबाट उद्योगमा कपास निर्माणका लागि ल्याइएका पुराना कपडा मेसिनमा क्षती भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीबाट रु ७ लाख वराबरको क्षती भएको कार्यालयका प्रबक्ता एबं प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाले जानकारी दिनुभयो । बिहान ९ वजे आगलागी भएको र ९ः३० मा आगो नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।
आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।