वन क्षेत्रमा भइरहको आगलागीले बढ्यो वायु प्रदुषण,चितवनमा हवाई उडान प्रभावित
न्युजभित्तो/११ चैत्र २०७७, बुधबार १२:३२
चितवन ११ चैत,। पछिल्ला दिनहरूमा चितवनसहित देशका विभिन्न शहरहरुमा वायु प्रदुषण बढाएको छ । प्रि मनसुन सिजनमा यसपालि वर्षा नभएको र तराई क्षेत्रमा भइरहेको आगलागीले प्रदुषण बढाएको विज्ञहरु बताउँछन् ।
अमेरिकी अन्तरिक्ष संस्था नासाले आफ्नो वेवसाइटमा राखेका स्याटेलाइट तस्बिरहरूले चितवन र आसपासका जंगलमा भइरहेको आगलागीको असर हिमालसम्मै पुगेको देखाएको छ । सो तस्बिरमा चितवन राष्ट्रिय निकुञ्जसहित चितवनका प्रायः वन क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज, नवलपरासी, बर्दिया, सुर्खेतलगायतका ठाउँमा ठूलो क्षेत्रमा आगालागी भइरहेको देखिन्छ । नासाको वेवसाइटमा रहेको उक्त स्याटेलाइट तस्बिरमा आगलागी भएको क्षेत्रमा रातो थोप्ला राखिएको छ । धेरै क्षेत्रमा आगलागी भएका चितवन आसपासका क्षेत्र तस्बिरमा रातै देखिएको छ ।
सोही तस्वीरमा मध्यपहाडी तथा हिमालको वरपरको आकास निलो धुवाँले ढाकिएको देखिन्छ । यसलाई चितवनलगायतका तराईका क्षेत्रमा लागेको आगोको प्रभाव ठानिएको छ । धुवाँ मिसिएको दुषित हावाले मानव स्वास्थ्यमा असर पार्ने विज्ञ बताउँछन्।भरतपुर र पूर्वी चितवनको टिकौलीलाई जोड्ने पूर्व–पश्चिम राजमार्गको वन क्षेत्रमा दिउँसै आगलागी हुने गरेको छ ।
भरतपुरसँग जोडिएका सामुदायिक वनहरुमै आगलागी हुँदा पनि समयमै नियन्त्रणमा लिन कठिनाई हुने गरेको वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनाल बताउँछन् । भरतपुरसँगै जोडिएको रामवेल सामुदायिक वन, सतनचुली सामुदायिक वन, नारायणगढ–मुग्लिन सडक खण्डको राष्ट्रिय वनमा पनि पछिल्ला दुई दिनमा आगलागी भएको थियो । पहाडी क्षेत्रमा बाटो र बस्ती भन्दा धेरै पर आगो लाग्ने गरेकाले अहिलेकै अवस्थामा ती क्षेत्रमा आगलागी हुँदा नियन्त्रण सम्भवै नहुने सरोकारवाला बताउँछन् । गत वर्ष चितवनमा ५०० हेक्टर क्षेत्रफलमा आगलागी भएकोमा करिब १०० हेक्टर क्षेत्रकोमात्रै समयमै नियन्त्रणमा लिन सकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।