सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हस्ताक्षर फिर्ता नलिने सांसदमाथि कारबाही थाल्न मुख्यमन्त्रीलाई ओलीको निर्देशन


  •    न्युजभित्तो/११ चैत्र २०७७, बुधबार १२:०८ 
  • काठमाडौं ११ चैत । नेकपा एमालेका अध्यक्ष तथा संघीय संसदीय दलको नेता केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई निर्देशन दिएका छन् ।

    राईले आज संसदीय दलको बैठक डाक्दा माधव नेपाल पक्षधरका २ सांसद सहभागी भए । बैठकमा उनीहरूले अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता गर्ने जानकारी गराएका छन् । माओवादी सांसद टंक आङबुहाङ भने सहभागी थिए । एमालेका ५१ सांसदमध्ये ३१ जना राईको पक्षमा उभिएका छन् ।

    भीम आचार्यको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएकोमा सो प्रस्ताव फिर्ता नलिए कारवाही अघि बढाइने भएको छ । ओलीले मुख्यमन्त्री राईलाई हालै काठमाडौंमा बोलाएर हस्ताक्षर फिर्ता लिन मौका दिने र फिर्ता नलिएमा अनुशासनको कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।

    यसबीचमा एमालेले प्रदेश सांसदहरुको समेत कारबाही र समानुपातिकबाट हटाउने थप्ने अधिकार अध्यक्ष ओलीलाई दिइसकेको छ ।

    वागमतीका मुख्यमन्त्री डोरमणी पौडेलका विरुद्ध पनि तत्कालीन प्रचण्ड(माधव पक्षले अविश्वास प्रस्ताव दर्ता गराएको छ । अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरेर दर्ता गरिएको सो प्रस्ताव फिर्ता नलिए एमालेका सांसदहरुमाथि कारबाही प्रक्रिया अघि बढ्ने भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.