सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टी अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणबाट आफूहरू नतर्सिने : नेकपा एमाले वरिष्ठ नेता नेपाल


  •    न्युजभित्तो/१० चैत्र २०७७, मंगलवार १५:०३ 
  • काठमाडौं ९ चैत। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणबाट आफूहरू नतर्सिने बताएका छन् ।

    मंगलबार आफूपक्षीय विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले स्पष्टीकरणलाई कथित भन्दै त्यसको सामना गर्न तयार रहेको बताए। ‘कथित स्पष्टीकरणबाट तर्सिनेवाला छैनौं, सामना गर्न तयार छौं,’ उनले भने, ‘घुँडा टेक्ने बाटोमा जाने हो रु आत्मसमर्पणको बाटोमा जाने हो रु यो किमार्थ मन्जुर छैन ।’

    पार्टी अनुशासनविपरीत काम गरेको भन्दै ७ चैतमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सोमबार नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई बेग्ला/बेग्लै स्पष्टीकरण पत्र पठाइएको छ ।

    नेता नेपालले अध्यक्ष ओलीलाई राजतन्त्रसँग साँठगाँठ गरेको आरोप लगाउँदै त्यसलाई सफल हुन नदिने दाबी गरे। उनले भने, ‘केपी ओलीले जतिसुकै साँठगाँठ गरुन, अप्रत्यक्ष सहयोग गरुन हामी राजतन्त्र फर्किन दिँदैनौं ।’

    अध्यक्ष ओलीलाई पुराना कम्युनिष्ट नेता केशरजंग रायमाझीसँग तुलना गर्दै कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लागेको आरोप लगाए। ‘त्यस्तै भयो नवौं महाधिवेशनमा,’ उनले भने, ‘विचार हाम्रो पारित भएको थियो । नेता चुनिए केपी ओली। अहिले उनी कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न कोसिस गर्दै छन् ।’

    नेता नेपालले ओली र जबजबीच कहिल्यै भेट नभएको समेत टिप्पणी गरे। ‘जबज र केपी ओलीको कहिले भेट भएको थियो ? उनको प्रश्न थियो, ‘अहिले केपी ओली जबजको भावना अनुसार चलेका छन् रु जबजको पहिलो कुरा बहुमतको कुरा मान्ने हो । उनले बहुमतको निर्णय मानेका छैनन् ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.