सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्य परीक्षण गर्ने संस्थाले ३५ दिन भित्र नविकरणका लागि कागजात पेश गर्नुपर्ने


  •    न्युजभित्तो/१० चैत्र २०७७, मंगलवार १३:४६ 
  • काठमाडौं १० चैत । चैत । सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य रीक्षण गर्ने स्वास्थ्य संस्थाले नवीकरणका लागि आवश्यक कागजात पेश गर्नका लागि ३५ दिनको समय सिमा दिएको छ । अधिकांश स्वास्थ्य संस्थाले नवीकरणको प्रक्रियामा रहेको भन्ने ब्यहोराको पत्र मात्र संलग्न गरेको तर आवश्यक कागजात पेश नगरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै जानकारी गराएको हो ।

    जनस्वास्थ्य सेवा नियमावली, २०७७ अनुसार क्षेत्राधिरकार भित्रका निकायबाट जारी भएका इजाजतपत्र र नवीकरण प्रमाणपत्रको प्रमाणित प्रतिलिपि आजको मितिले ३५ दिन भित्र पेश गर्न मन्त्रालयले सूचनामार्फत आग्रह गरेको हो । मन्त्रालयले तोकिएको समय सिमा भित्र माग भए बमोजिमको कागजात पेश नगरे कानून प्रक्रिया अनुसार अघि बढाइने पनि जनाएको छ ।

    वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ अनुसार स्वास्थ्य मन्त्रालय वा अन्तर्गतबाट संस्था सञ्चालनका  स्वीकृतीको प्रमाणपत्र र नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । यस अघि मन्त्रालयले आवश्यक प्रमाणसहित नवीकरणका लागि पुष १ गते देखि माघ १५ गतेसम्मको समयसिमा दिएको थियो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.