सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रहरी समायोजनको काम पूरा नहुँदा यस क्षेत्रमा पर्याप्त काम गर्न सकिएन : मुख्यमन्त्री पौडेल


  •    न्युजभित्तो/१० चैत्र २०७७, मंगलवार १३:१३ 
  • मकवानपुर, १० चैत । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी समायोजनको काम पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा आवश्यकता पूरा गर्न प्रदेश सरकारले पर्याप्त काम गर्न नसकेको बताउनुभएको छ ।

    उहाँले मङ्गलबार वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा वाग्मती प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यसम्पादन समीक्षा एवम् आगमी रणनीति निर्धारण कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै प्रहरी समायोजनको काम पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा आवश्यकतालाई पूरा गर्न प्रदेश सरकारले प्रर्याप्त काम गर्न नसकेको बताउनुभएको हो ।

    मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको सहयोगमा गत आर्थिक वर्षमा प्रहरी मुख्यालयसहित ४६ वटा भवन निर्माणकार्य सम्पन्न गरेको र चालू आर्थिक वर्षमा २१ वटा भवन निर्माण जारी रहेको जानकारी दिनुहुँदै प्रहरीको सङ्गठन र संरचानाको विकासका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो ।

    सो अवसरमा वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले गत असारमा सम्पन्न गरेको कार्यसम्पादन गोष्ठीका कारण प्रहरीको काम अझ प्रभावकारी बनाउन आपूm सफल भएको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.