सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बङ्गलादेशका राष्ट्रपिताको स्मृति सङ्ग्रहालयमा राष्ट्रपति भण्डारी


  •    न्युजभित्तो/१० चैत्र २०७७, मंगलवार १२:५४ 
  • ढाका, १० चैत । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानका स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । बङ्गलादेश स्वतन्त्रता आन्दोलनका अग्रणी बङ्बन्धुलाई हत्या गरिएको घरसमेतलाई सङ्ग्रहालय बनाइएको छ ।

    बङ्गलादेशका पहिलो राष्ट्रपति र पछि सन् १९७१ मा प्रधानमन्त्री हुनुभएका मुजिबरको १९७५ अगष्ट १५ मा हत्या गरिएको थियो ।
    राष्ट्रपति भण्डारीले त्यहाँस्थित बङ्गबन्धुका शालिकमा श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै सङ्ग्रहालयद्वारा निर्मित भिडियो वृत्तचित्र अवलोकन गर्नुभएको थियो । उहाँले सङ¬्ग्रहालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गर्नुभयो ।

    सो अवसरमा भ्रमण दलमा सहभागी राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवाली, राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीलगायत हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारी बङ्गलादेशका लागि नेपाली राजदूतावासले अपराह्न आयोजना गर्ने स्वागत समारोहमा सरीक भई आजै स्वादेश फर्कनुहुनेछ ।

    बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आइपुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्मशतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.