सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिए


  •    न्युजभित्तो/१० चैत्र २०७७, मंगलवार ११:२३ 
  • कञ्चनपुर, १० चैत । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् ।

    शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय गरिएका छन् । “शुल्क वृद्धि फिर्ता नभएसम्म विरोधका कार्यक्रम जारी रहन्छन्”, अखिल क्रान्तिकारीका अध्यक्ष गणेशराज मिश्रले भन्नुभयो, “शुल्क वृद्धिविरुद्ध चैत १२ गतेसम्म विरोधका कार्यक्रम तय गरेका छौँ ।”

    विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय क्याम्पसको लेखा शाखामा तालाबन्दी गर्नाका साथै विश्वविद्यालयका पदाधिकारीहरुलाई कार्यालय प्रवेशमा निषेध गरेका छन् । सवारी साधनको दुरुपयोग रोक्नका लागि जनाउँदै नियन्त्रणमा लिने कार्यसमेत जारी राखेका छन् ।

    कोभिड–१९ का कारण अभिभावकको रोजगारी गुमेका कारण अधिकांश विद्यार्थीले विश्वविद्यालयको शुल्क तिर्न नसक्ने भएकाले यसका विरुद्ध विरोधमा उत्रिनु परेको विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीको भनाइ छ । विरोध कार्यक्रमका बीचमा अध्यापनको कार्यलाई अवरोध भने विद्यार्थीले गरेका छैनन् । शुल्क वृद्धिको विरोधमा विद्यार्थीहरुले दुई साता अघिदेखि विरोधका कार्यक्रम गर्दै आएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.