सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामान ढुवानीसम्बन्धी नयाँ प्रणालीका विषयमा छलफल


  •    /२६ जेष्ठ २०७६, आईतवार ०९:१२ 
  • चितवन । राजश्व अनुसन्धान विभागले यहाँका व्यवसायीसँग सामान ढुवानी गर्दा प्रयोगमा ल्याउन लागिएको नयाँ प्रविधिका बारेमा छलफल गरेको छ । उद्योग वाणिज्य सङ्घ चितवनले शनिबार आयोजना गरेको कार्यक्रममा आगामी साउनबाट अनिवार्यरूपमा लागू गर्न लागिएको वेवमा आधारित भेइकल एण्ड कन्जिङ्म्यान्ट ट्रयाकिङ सिस्टमका सम्बन्धमा छलफल गरिएको हो ।

    सो अवसरमा दिइएको जानकारीअनुसार यो पद्धति सामान ढुवानी गर्दा प्रयोग गरिनेछ । एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानबाट अर्को स्थानसम्म सामान ढुवानी गर्दा दर्ता गराएर गर्नुपर्ने हुन्छ । यस प्रणालीअन्तर्गत ढुवानी कम्पनी, आयातकर्ता र आफै सामान ढुवानी गर्नेहरुले मालसामान ओसारपसार गर्नुपूर्व वेवमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्टि गरेर मात्र ओसारपसार गर्नुपर्ने नयाँ सफ्टवेयर प्रणाली भएको सो अवसरमा जानकारी दिइयो ।

    कार्यक्रममा राजश्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मीले यो प्रणाली के हो, यसबाट के–के फाइदा हुन्छ, यस प्रणालीको आवश्यकता किन पर्यो, हाल ढुवानीकर्ताले भर्ने गरेको चलान, यस प्रणालीबाट बन्ने चलानलगायतका बारेमा प्रकाश पार्नुभएको थियो । विभागका निर्देशक टङ्क पाण्डेका अनुसार यस प्रणालीका बारेमा जेठ महीनाभरिमा देशभरका प्रमुख शहरहरुमा अन्तरक्रिया गरी छलफल गरिनेछ ।

    असार महीनामा परीक्षणका रुपमा प्रयोग गरेर साउनबाट अनिवार्य रुपमा लागू गरिने पाण्डेले जानकारी दिनुभयो । यस प्रणालीअन्तर्गत ढुवानी पूर्व सामानको विवरण केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्र ओसारपसार गर्न सकिने उहाँले बताउनुभयो । जसबाट बाटोमा हुने सबै झन्झट हट्ने पाण्डेको भनाइ छ ।

    सो अवसरमा आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुवप्रसाद रिजाल, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, सङ्घका उद्योग प्रवद्र्धन समितिका संयोजक सोमप्रसाद काप्रीलगायतले बोल्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले यस प्रणालीका बारेमा जिज्ञासा राखेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.