सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिभुवन आर्मी ‘ए’लाई ट्राई एडभेन्चरको उपाधि


  •    न्युजभित्तो/९ चैत्र २०७७, सोमबार १०:२३ 
  • काठमाडौँ, ९ चैत । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो ।

    उक्त स्पर्धामा आर्मीको ’बी’ टोली दोस्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबको टोली तेस्रो भयो । महिलातर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ । सो स्पर्धामा प्याडल नेपाल दोस्रो तथा क्रान्क सिस्टर तेस्रो भयो । उक्त प्रतियोगितामा पाकिस्तानी सेनाको टोली उत्कृष्ट अन्तर्राष्ट्रिय टिम घोषित भयो ।

    साहसिक खेलकूदअन्तर्गत रहेको उक्त प्रतियोगितामा दौड, साइक्लिङ र र्याफ्टिङ समावेश गरिएको थियो । विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा छ दशमलव सात किलोमिटर दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर लामो र्याफ्टिङ समावेश गरिएको नेपाली सेनाले जनाएको छ ।

    प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको पुरुष र महिला गरी तीन टोली, मध्य पृतनाको एउटा टोली, नेपालका अन्य १६ टोलीका साथै बङ्गलादेश, पाकिस्तान र बेलायतका गरी ८० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ पहिलो हुने टोलीलाई रु एक लाख ५० हजार, दोस्रो भएको टोलीलाई रु एक लाख तथा तेस्रो भएको टोलीलाई रु ७५ हजार पुरस्कार प्रदान गरिएको थियो । महिलातर्फ पहिलोलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार तथा तेस्रो हुनेलाई रु २० हजार पुरस्कार प्रदान गरिएको थियो ।

    सो अवसरमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकामा ६ नं बाहिनी अड्डा र शिवदल गणलाई प्रधानसेनापति थापाले कदरपत्र प्रदान गर्नुभएको थियो । नेपाली सेनाले २०७१ सालदेखि सञ्चालन गर्दै आएको उक्त प्रतियोगितामा २०७४ देखि विभिन्न मित्र राष्ट्रका सैनिक टोलीलाई समेत सहभागी गराउँदै आएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.