सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालको पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज साटे मा सहभागिता जनाउने


  •    न्युजभित्तो/८ चैत्र २०७७, आईतवार ११:४८ 
  • काठमाडौं ८ चैत। कोरोना महमामारीले थलिएको नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज साटे मा सहभागिता जनाउने भएको छ।

    मार्च २४ देखि २६ तारिखसम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगम सहित विभिन्न २५ ओटा कम्पनी सहभागी हुने बोर्डले जनाएको छ।

    पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० डा। धनन्जय रेग्मीले जानकारी दिए।

    ‘भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ। तर भारतले अझै धेरै मुलुकहरुका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्दर्भमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौं,’ उनले भने।

    साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुमा सहभागिता जनाइने रग्मीले जानकारी दिए। पछिल्लो पटक सरकारले नेपाल भारत यातायात सुचारु गर्ने निर्णय गरेको र यस अघि एअरबबल सम्झौता अनुरुप नेपाल भारत दुवै देशबाट दैनिक दुई वटा हवाई उडान समेत भइरहकाले यो कार्यक्रम नेपालको पर्यटन प्रर्वद्धन गर्न सहयोगी हुने बोर्डको विश्वास छ।

    पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई नेपालमा आर्कषित गर्न सीमा क्षेत्र, हिल स्टेशन तथा अन्य पर्यटकीय स्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरी सोही अनुरुपको रणनीति समेत बनाइएको रेग्मीले बताए।

    भारतमा हुने साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तराष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित संघ संस्था तथा व्यक्तित्वहरुको सहभागिता रहने गर्दछ।

    भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एशियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ। कोभिडको संक्रमण पछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अनतरराष्ट्रिय मञ्चहरुमा नेपालको पर्यटन प्रर्वद्धनको काम गरेपनि भौतिक रुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो।

    नेपालले सन् २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको गे्रटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागीता जनाएको थियो। गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीहरुले सहभागीता जनाएका थिए।

    यो वर्ष कोरानाको कारण सहभागी हुन जाने कम्पनीहरुको संख्या केही घटेपनि कोभिडको खोप आइसको अवस्थामा भारतीय बिक्रेतालाई विभिन्न प्याकेज मार्फत आर्कषित गरिने निजी क्षेत्रका सहभागीको धारणा छ। जस अनुसार सहभागी कम्पनीहरुले विभिन्न खालका प्याकेज समेत तयार पारेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस्: नेपाल रेडक्रस सोसाइटी
    गणित शिक्षकको क्षमता अभिवृद्धि गर्न तालिम
    अनुमति बिना स्टिकरको प्रयोग निषेध
    • रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    • बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    • राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.