सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टी बलियो बनाउन आफैबाट सुधार आवश्यक : महामन्त्री खड्का


  •    /२५ जेष्ठ २०७६, शनिबार २२:३७ 
  • चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीलाई बलियो बनाउनका लागि आफैबाट सुधार गर्नु आवश्यक रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेसले शुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत आज जिल्लाको कार्यक्रम समापन तथा अग्रजहरुको सम्मान गर्दै उहाँले सार्वजनिक स्थानमा बसेर कुनै नेतालाई गाली गर्दैमा पार्टी बलियो नबन्ने विचार व्यक्त गर्नुभयो ।

    जागरण अभियान जनताको विचारलाई एक ठाउँमा उभ्याएर पार्टीको भावी कार्यदिशा निर्माणका लागि महत्वपूर्ण बन्ने उहाँको भनाइ थियो । अभियानले जनताको भावना बुझ्ने काम भएको उहाँले बताउनुभयो । पार्टीभित्र निर्णय गर्दा वा काम गर्दा भएका गल्तीलाई सच्याउँदै आम कार्यकर्तामाझ माफी मागेर अघि बढ्ने समय आएको उहाँको भनाइ थियो । फरक प्रसङ्गमा बोल्दै उहाँले काङ्ग्रेसको सिद्धान्तलाई कम्युनिष्टले बेचेको आरोप लगाउनुभयो ।

    सो अवसरमा काङ्ग्रेसका नेता सुरेन्द्रप्रसाद चौधरीले कार्यकर्तामा एकता आवश्यक रहेको बताउनुभयो । कार्यकर्ताबीचको एकताले मात्रै पार्टी बलियो बन्ने उहाँको भनाइ थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका अग्रज तथा प्रजातन्त्रका सेनानीलाई सम्मान गरिएको थियो । सो अवसरमा महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइरालालगायतले बोल्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती
    काठमाडौँमा वायु प्रदूषण बढ्यो: एक्युआई
    • पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण
    • बिक्री हुन थाल्यो तम्घासमा फोहोर
    • प्राथमिक उपचार तालिम: विपद् व्यवस्थापनमा सहयोग
    • मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.