सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्वोच्च अदालतले संसद विघटन खारेज गरिसकेको भन्दै प्रधानमन्त्रीले त्यसको नैतिक दायित्व लिएर जवाफ दिनुपर्ने:नेपाली कांग्रेस प्रमुख सचेतक खाँड


  •    न्युजभित्तो/६ चैत्र २०७७, शुक्रबार १४:०३ 
  • काठमाडौं, ६ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वोच्च अदालतले संसद विघटन खारेज गरिसकेको भन्दै प्रधानमन्त्रीले त्यसको नैतिक दायित्व लिएर जवाफ दिनुपर्ने माग गरेको छ।

    शुक्रबार दलको प्रतिनिधिका रुपमा कांग्रेसका तर्फबाट बोल्दै प्रमुख सचेतक बालकृष्ण खाँडले सर्वोच्च आदालतको फैसलाको स्वागतसमेत गरे।

    ‘सर्वोच्च अदालतले सरकारको असंवैधानिक कदमको खारेज गरेको छ, नेपाली कांग्रेसका तर्फबाट यसको स्वगत गर्न चाहान्छु,’ उनले भने, ‘यति ठूलो कदम चालिसकेपछि सकारले यसको दायित्व लिने कि नलिने ? प्रधानमन्त्रीले यसको नैतिक दायित्व लिनुपर्छ कि पर्दैन ? यसको जवाफ दिनुपर्छ कि पर्दैन ? मार्ग प्रशस्त गर्नु पर्छ कि पर्दैन ?’

    उनले यो सरकार बनेदेखि नै संविधानमाथि आक्रमण गरेको आरोप लगाए । ‘यो सरकार बनेदेखि नै संविधानमाथि हमला भइरहेको थियो,’ खाँडले भने, ‘संविधानको रक्षा गर्नु र पालना गर्नु सरकारको पहिलो दायित्व हो । तर, सरकार बनेकै दिनदेखि संविधानमाथि प्रहार गरेको छ । विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आक्रमण गरेको छ ।’

    उनले थपे, ‘ संविधानको किताबमाथि हात राखेर एकचोटी सोच्नुहोस् । जुन स्प्रीटमा हामीले संविधान बनाएका थियौं, त्यसै अनुसार पालना गर्दै हुनुहुन्छ ?

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.