चितवनको तीन वटा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू
न्युजभित्तो/६ चैत्र २०७७, शुक्रबार १३:१७
चितवन,६ चैत्र । चितवनको खैरहनी नगरपालिकाका तीन वटा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू भएको छ । दुई वर्षअघि कंकाली माध्यमिक विद्यालयमा सो कार्यक्रम लागू भए पनि चालु शैक्षिक सत्रमा दुई वटा विद्यालयमा थप गरिएको छ ।
खैरहनी माध्यमिक विद्यालय र कठार माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम थप भएको हो । प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम अन्र्तगत यो कार्यक्रम लागू भएको हो । प्रदेशभित्रका प्रत्येक पालिकाको माध्यमिक विद्यालयमा यो कार्यक्रम लागू गर्ने सरकारको लक्ष्य छ । एक विद्यालय एक नर्स कार्यक्रम लागू भएका विद्यालयमा यो कार्यक्रम प्रभावकारी देखिएको छ ।
यो कार्यक्रम लागू भएपछि सम्बन्धित विद्यालयमा विद्यार्थीको स्वास्थ्यमा सुधार आउनुका साथै उनीहरु नियमित विद्यालय आउने गरेको विद्यालय नर्स ईषा भुसालले जानकारी दिनुभयो । औषधि खानै नपरोस भनेर यो कार्यक्रम विद्यालयस्तरमा लागू भएको हो । यो कार्यक्रमले आफ्ना छोराछोरी विद्यालय पु¥याउन आउने अभिभावकले पनि स्वास्थ्य जाँच गर्ने गरेको नर्स भुसालले बताउनुभयो ।
अभिभावकहरुलाई परामर्श समेत दिइने गरेको उहाँको भनाइ छ ।विद्यालयको चमेना गृहमा समेत खानपानमा सुधार आएको छ । अहिले विद्यालयभित्र जङ्कफुड बेच्न पूर्ण रुपमा निषेध गरिएको छ भने वरिपरि नबेच्न आग्रह गरिदै आएको छ । कोभिड–१९ पछि विद्यालय प्रवेश अघि हात धुन लगाइन्छ । नर्स भुसालकाअनुसार विद्यालयमा यो कार्यक्रम सञ्चालन भएको थाहा पाएर निजी विद्यालयमा अध्ययन गर्दै आएका केही विद्यार्थी यस विद्यालयमा आएका छन् ।