सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला हिंसाविरुद्ध कक्षा सञ्चालन गर्न आग्रह


  •    न्युजभित्तो/५ चैत्र २०७७, बिहीबार १५:५६ 
  • काठमाडौँ, ५ चैत । राष्ट्रिय महिला आयोगले विद्यालयमा हरेक साता महिला हिंसाविरुद्ध अतिरिक्त कक्षा सञ्चालन गराउन सरकारसँग आग्रह गरेको छ ।

    भोलिन्टियर सर्भिज ओभर्सिज ९भिएसओ० नेपाल र आसमान नेपालको सहकार्यमा शिक्षा पत्रकार समाजले आज यहाँ आयोजना गरेको सङ्घस्तरीय नीतिगत बहस कार्यक्रममा आयोगका सदस्य विद्या सिन्हाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग आयोगको टोलीले उक्त आग्रह गरेको जानकारी दिनुभयो ।

    उहाँले सो विषयमा विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न पनि आग्रह गरिएको बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकार सुरक्षित विद्यालय अवधारणाको गुरुयोजना ल्याइसकेको र यसमा कोभिड–१९ पछिका अवरोधसमेतलाई थप गरेर कार्यान्वयन गरिने जानकारी दिनुभयो ।
    उहाँले विद्यालयमा गुनासो सुनुवाइ पेटिका अनिवार्य राख्न लगाइ विद्यार्थीको गुनासोलाई नियमित सम्बोधन गर्न लगाइएको र विद्यालयमा अशान्ति हुने कुनै पनि आक्रमण हुन नदिइने स्थिति निर्माण गर्नुपर्ने जनाउनुभयो ।

    गाउँपालिका राष्ट्रिय महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष दुर्गादत्त ओझाले बालमैत्री विद्यालय निर्माणका लागि आफूहरु प्रतिबद्ध भएको बताउनुभयो ।

    राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले भयमुक्त वातावरणमा मात्रै बालबालिकाले सहजरुपमा सिकाइ हासिल गर्न सक्ने भएकाले सबै स्थानीय तह र विद्यालयमा बाल संरक्षण मापदण्डको कार्यान्वयनका लागि नीतिगत पहल शुरु भएको जानकारी दिनुभयो ।

    नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षकहरुसँगको सहकार्य बढाएर विद्यालय सुरक्षाका कार्यक्रम सफल बनाउन सकिने बताउनुभयो । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घका अध्यक्ष कृष्ण थापाले विद्यालयस्तरमा स्वामित्व निर्माण गर्न सकेमा नीति र कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

    कार्यक्रममा भिएसओ नेपालका देशीय निर्देशक जयशङ्कर लालले ‘सेभ टु लर्न’ परियोजनाले विभिन्न प्रदेश र जिल्लामा सुरक्षित विद्यालयका लागि हासिल गरेका अनुभव अन्य स्थानका लागि पनि प्रयोगमूलक हुने बताउनुभयो ।

    आसमान नेपालका सन्तोष महर्जनले विद्यालयमा बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, विपद् जोखिम, बन्द हड्ताल, परम्परागत कूरीति, सामाजिक विभद्जस्ता घटनाका कारण विद्यार्थी बीचैमा कक्षा छाड्ने समस्या कायम रहेको पाइएको बताउनुभयो ।

    कार्यक्रममा जनप्रतिनिधि, शैक्षिक निकायका प्रतिनिधि र शिक्षा क्षेत्रका सरोकार भएका सहभागी कार्यक्रममा विद्यालयमा भौतिक पूर्वाधार, शैक्षिक सामग्री, मनोसामाजिक वातावरणलगायतका पक्षमा पर्याप्तता हुनुपर्ने बताइएको हो । उनीहरुले गुणस्तरीय शिक्षाको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संविधानको मौलिक हकको कार्यान्वयनका लागि विद्यालयमा सुरक्षित सिकाइको वातावरण हुनुपर्नेमा जोड दिएका हुन् । एक विद्यालय एक नर्स कार्यक्रमले सहयोग गरेको पनि जनाइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.