सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुख्य नेताबाहेकका सांसद बालुवाटार जाने निर्णयप्रति माधव नेपाल पक्षमा असन्तुष्टि


  •    न्युजभित्तो/५ चैत्र २०७७, बिहीबार १२:३९ 
  • काठमाडौं, ५ चैत । संसदीय दलको बैठकमा मुख्य नेता नजाने तर अरु सांसद जाने निर्णयप्रति एमालेको माधव नेपाल पक्षका सांसदहरू असन्तुष्ट बनेका छन् । उनीहरूले कुन मुख लिएर बालुवाटार जाने ? भन्दै नेताहरूसँग असहमति प्रकट गरेका छन् ।

    दलको बैठक बहिष्कार गर्ने भनेर एकाएक केही सांसदलाई जाऊ भन्नु पराजित मानसिकता भएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका हुन् । उनीहरूले दलको बैठकमा भाग लिने हो भने झलनाथ खनाल, माधव नेपालसहित सबै नेताहरू जानुपर्ने बताएका छन् ।

    मुख्य नेताबाहेक अरु सांसद दलको बैठकमा जाने निर्णयप्रति आफू सहमत नरहेको सांसद तथा केन्द्रीय सदस्य झपट रावलले बताए । नेपाल प्रेससँग कुरा गर्दै उनले हरेक सांसदको आफ्नो आत्मसम्मान हुने भन्दै पराजित मानसिकता बोकेर जानुको औचित्य नरहेको बताए ।

    रावलले भने, ‘हामीले व्यक्ति केपी ओलीको विरोध गरेको होइन । पद्धति र प्रवृत्तिको सन्दर्भमा लडेको हो भने पराजित मानसिकता किन ? मुख्य नेताहरू जानुहुन्छ भने म पनि जान्छु नत्र जान्न भन्देको छु ।’

    अन्य सांसदहरुले पनि नेताहरूलाई भेटेर र फोनमा समेत असन्तुष्टि जनाएका छन् ।

    समानुपातिकतर्फका सांसदहरू भने बैठकमा भाग लिन बालुवाटार पुगेका छन् । केही प्रत्यक्ष निर्वाचित सांसदहरू पनि गएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.