सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागुऔषध दुव्र्यसनीविरुद्ध अभियान


  •    न्युजभित्तो/५ चैत्र २०७७, बिहीबार १२:३३ 
  • खलङ्गा, ५ चैत । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध तथा दुव्र्यसनीविरुद्ध सचेतना अभियान थालेको छ । लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना अभियान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी युवनकुमार चौधरीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “प्रहरीको अभियानमा जिल्ला प्रशासन कार्यालय, उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको साथ छ । कार्यालयले समुदायमा सरकारी वकिल कार्यक्रम लिएर लागुऔषधविरुद्ध अभियानसँगै कानूनी ज्ञान प्रदान गरेका छन् ।” प्रहरीले विद्यालय, ट्युशन सेन्टर, समुदाय, टोल र बस्तीसम्मै पुगेर सचेतना गर्न थालेपछि यहाँका स्थानीयवासीमा उत्साहित भएको सूचना अधिकारी चौधरीले बताउनुभयो ।

    सरकारी वकिल कार्यालयले कानूनी ज्ञानसमेत दिएको सूचना अधिकारी चौधरीले भन्नुभयो, “प्रहरी कार्यालय लागुऔषध दुव्र्यसनी, यसले स्वास्थ्य र समाजमा पार्ने नकारात्मक असरबारे सचेत बनाउँछ । सरकारी वकिल कार्यालयले कानूनी ज्ञान दिन्छ । कानूनी ज्ञान र सचेतनासँगसँगै अघि बढाउँदा यो अभियान प्रभावकारी बनेको छ ।” सरकारी वकिलले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएका नयाँ कानूनी प्रावधान र जबर्जस्ती करणी कसुरका विषयमा प्रस्तुतिकरण गर्नुका साथै एकापसमा सवाल जवाफका माध्यमबाट विषयमाथि प्रष्ट पार्ने गरेको सूचना अधिकारी चौधरीले बताउनुभयो ।

    जिल्लामा पछिल्लो समयमा लागुऔषध दुव्र्यसनीका क्रियाकलाप बढिरहेकाले सबै मिलेर लागुऔषधविरुद्ध अभियानमा लाग्न जिल्लावासीलाई अनुरोध गरेको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताउनुभयो । “सभ्य र असल समाज निर्माण गर्न सबैको सहभागिता अनिवार्य छ”, प्रनाउ थापाले भन्नुभयो, “सरकारी वकिल कार्यालयका निमित्त जिल्ला न्यायाधिवक्ता श्यामहरि अधिकारीले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको नयाँ कानूनी प्रावधान तथा जबर्जस्ती करणी कसुरबारे स्पष्ट पारेका छन् । स्पष्ट कानूनी ज्ञान नहुँदा अहिले आपराधिक क्रियाकलाप बढेको हो ।”

    विद्यार्थी, शिक्षकबीचमा सवालजवाफ गरेर स्पष्ट पार्ने प्रयास भएको छ । विद्यार्थी भविष्यका कर्णधार हुन् । देश निर्माण गर्ने कुशल जनशक्तिलाई लागुऔषध दुव्र्यसनीबाट टाढा गर्न गाउँबस्ती टोलमा लागुऔषधविरुद्धको अभियानमा सबै पक्षबाट साथ मिले अन्त्य गर्न सकिने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो । प्राविधिक शिक्षालयका प्रिन्सिपल टेकेन्द्र थापाले लागुऔषधविरुद्ध सचेतना र कानूनी ज्ञानका विषयमा सचेतना फैलाउने काम निकै उदाहरणीय रहेको बताउनुभयो ।

    सदरमुकाम खलङ्गामा रहेको कर्णाली प्राविधिक शिक्षालयमा कार्यरत शिक्षक, शिक्षिका र विद्यार्थी तथा चन्दननाथ नगरपालिका–३ का जनप्रतिनिधिलाई समेत सचेतना दिइएको प्रहरी कार्यालयले जनाएको छ । यसअघि उच्च मावि, निमावि र पालिकास्तरमा सचेतनाका क्रियाकलाप भएका थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.