सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आफ्नै कार्यकालमै भुटानी शरणार्थी समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासन


  •    न्युजभित्तो/५ चैत्र २०७७, बिहीबार १२:२६ 
  • काठमाडौं ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालका शिविरमा रहेका भुटानी शरणार्थीलाई भुटानले फिर्ता लैजानुपर्ने बताएका छन् । उनले आफ्नै कार्यकालमै भुटानी शरणार्थी समस्या समाधान गर्ने पनि बताए ।

    भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले समस्या समाधान गर्ने वचन समेत दिए । ‘शरणार्थीलाई स्वदेश फर्काउने र यहाँ बसुन्जेल समस्या समाधान गर्ने दायित्व मेरो हो’ प्रधानमन्त्रीको भेटबारे रिजालले भने ।

    ओलीको भनाइ उध्दृत गर्दै रिजालले भने, ‘नेपालमा बाँकी रहेका नागरिकलाई भुटानले फिर्ता लैजानुपर्छ भन्नेमा नेपाल सरकार स्पष्ट छ । सरकारले शिविरमा रहेका शरणार्थीको संख्या छानविन गरिरहेको छ ।’

    १ लाख १३ हजार भुटानी शरणार्थी चाहिँ अमेरिका र युरोपमा पुनस्र्थापित भएका छन् । ती शरणार्थी ३० वर्षअघि दक्षिण भुटानबाट लखेटिएर नेपाल आइपुगेका थिए ।

    यसवर्षदेखि शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग युएनएचसीआरले शिविरमा रासनपानी पनि दिन छाडेको छ । अधिकारवादी नेता रिजालले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि भेट गरेका थिए । उनीसँगको भेटमा ज्ञवालीले पारिवारिक पुनर्मिलन गराउने वचन दिएका थिए ।

    १८ वर्षदेखि नेपाल–भुटान वार्ता हुन सकेको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.