सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा ९३ गैंडाको मृत्यु


  •    न्युजभित्तो/५ चैत्र २०७७, बिहीबार १०:४२ 
  • चितवन,५ चैत । राष्ट्रिय निकुञ्ज चितवनमा तीन वर्षको अबधिमा ९३ गैंडाको मृत्यु भएको छ । अधिकांश गैंडाको मृत्यु प्राकृतिक कारणले हुने गरेको छ । उमेर पुगेर, कालगतिले, भाले–भाले गैंडा जुधेर, बाघको आक्रमण, भाले गैंडाको आक्रमण पोथीको, जलथलमा परी र बाढीले बगाएर मृत्यु हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

    चितवन निकुञ्जमा सबैभन्दा बढी गैंडा रहेकोले यस क्षेत्रमा बढी मृत्यु हुने गरेको सूचना अधिकारी लोकेन्द्र अधिकारी बताउँछन् । उनका अनुसार आव ०७५ /०७६ मा ४३, ०७६/०७७ मा २६ र ०७७/०७८ मा २६ गैंडाको मृत्यु भएको थियो । बढी मृत्यु भएर संख्या घटे पनि जन्मदर वृद्धि भएर बढ्नेको संख्या उत्तिकै रहेको उनले स्पष्ट पारे ।

    ’चोरी निकासीमा परी केहीको मृत्यु हुने गरेको छ,’ उनले भने,’ जंगलमा चोरी निकासी बढने गरेकोले विभिन्न सिफ्टमा गस्ती गर्न थालिएको छ ।’ गस्ती गर्नका लागि तयारी अवस्थामा हरेक निकुञ्जले दुई वटा हात्ती राखेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.