सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन शनिबार हुने


  •    न्युजभित्तो/५ चैत्र २०७७, बिहीबार १०:२३ 
  • काठमाडौँ, ५ चैत । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत ७ गते शनिबार हुने भएको छ । निजी साना तथा मझौला व्यवसायीको छाता सङ्गठनका रूपमा रहेको महासङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशन हुन लागेको हो । महासङ्घका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीमा देखिएको समस्या समाधानका लागि महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो ।

    “कोरोना महामारीको समयमा बन्द रहेका सटर खुलाउन, चिनियाँ नाकामा देखिएका समस्या सुल्झाउन र राज्यका तर्फबाट बनाइएका असहज नीतिको विरोधमा महासङ्घले एकढिक्का भएर काम गरेको छ”, उहाँले भन्नुभयो । यस्तै महासङ्घले बैंक तथा वित्तीय संस्थाले लिने ऋणको ब्याजदर तथा घरबहालको विषयमा देखिएका समस्या समाधानका लागिसमेत नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो ।

    विसं २०७४ मा स्थापना भएको महासङ्घमा देशभरका २१ सङ्घको आबद्धता रहेको छ । महासङ्घको साधारणसभासँगै नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ । महासङ्घमा देशभरका १० हजारभन्दा बढी उद्योगी व्यवसायी आबद्ध छन् । महासङ्घको नयाँ नेतृत्वका लागि बुधबारै उम्मेदवारी दर्तासमेत भइसकेको छ । महासङ्घको भावी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष कुमार कार्की, उपाध्यक्ष माधव खरेल र महासचिव अञ्जन शाक्यले उम्मेदवारी दर्तासमेत गरिसक्नुभएको छ । वरिष्ठ उपाध्यक्ष कार्की नेपाल व्यापार सङ्घ, उपाध्यक्ष खरेल एकता व्यापार सङ्घ र महासचिव शाक्य रञ्जना व्यापार सङ्घका अध्यक्ष हुनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.