सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घुम्ती शिविरमार्फत ८५ सञ्चारकर्मी तथा पत्रकारले सेवा लिए


  •    न्युजभित्तो/५ चैत्र २०७७, बिहीबार १०:१९ 
  • ताप्लेजुङ, ५ चैत । सूचना तथा प्रसारण विभागले हिमाली जिल्ला ताप्लेजुङमा सञ्चालन गरेको घुम्ती शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममार्फत ८५ सञ्चारकर्मी तथा पत्रकारले सेवा लिएका छन् । मङ्गलबारदेखि सदरमुकाम फुङ्लिङमा सञ्चालित शिविरमार्फत ताप्लेजुङ र छिमेकी जिल्ला पाँचथरका समेत सञ्चारकर्मी एवं पत्रकारले सेवा लिएका हुन् । शिविरमा ४० सञ्चारकर्मी तथा पत्रकारले नयाँ प्रेस पास लिएका छन् भने एकको पुरानो प्रेस पास नवीकरण भएको छ । सेवा प्राप्त गर्नेमध्ये ४० जनाले भने क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालीम लिएका छन्

    यस्तै तीन वटा नयाँ अनलाइन दर्ता भएको छ भने तीन अनलाइन थप प्रक्रियाका लागि विभागमा पठाइएको छ । उक्त अनलाइन सञ्चारमाध्यमको विभागबाटै दर्ता गरी जिल्ला हुलाक कार्यालयमार्फत दर्ता प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । शिविरमा एक जनाको १० वर्षे पत्रकारितासम्बन्धी अनुभवसमेत प्रमाणीत गरिएको छ । यो कार्यक्रम मुख्यतः हिमाली जिल्ला ताप्लेजुङ र आसपासका जिल्लाका सेवाग्राहीको सहजताका लागि लक्षित रहेकोे विभागका निर्देशक सुमन बज्राचार्यले जानकारी दिनुभयो । घुम्ती शिविर बुधबार सम्पन्न भएको छ भने क्षमता अभिवृद्धि तालीम आज समापन हुने बताइएको छ ।

    यसअघि बाग्लुङ र रोल्पा जिल्लामा समेत यस्तै शिविर आयोजना भइसकेको छ । ताप्लेजुङ्गमा सम्पन्न भएको कार्यक्रम यस वर्ष सम्पन्न तेस्रो कार्यक्रम हो । यसपछि लमजुङमा घुम्ती शिविर आयोजना हुने बताइएको छ । हिमाली जिल्लामा यसरी सञ्चालित तालीम र घुम्ती शिविरबाट यहाँका पत्रकार एवं सञ्चारमाध्ययमलाई सेवा लिनका लागि सहज भएको भन्दै कार्यक्रम आयोजकप्रति पत्रकार महासङ्घ ताप्लेजुङ शाखाका कार्यवाहक अध्यक्ष चन्द्र पन्धाक प्रयास ले आभार व्यक्त गर्नुभयो ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.