सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति कार्यान्वयनका लागि योजना तय


  •    न्युजभित्तो/४ चैत्र २०७७, बुधबार १५:०५ 
  • काठमाडौँ, ४ चैत । राष्ट्रिय विज्ञान, प्रविधि विकास तथा समन्वय परिषद्को दोस्रो बैठकले विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ को कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना तयार गरेको छ । उक्त नीति मन्त्रिपरिषद्को भदौ २६ गतेको बैठकले पारित गरेको थियो ।
    परिषद्का अध्यक्ष एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न बैठकले वैज्ञानिक चेतना अभिवृद्धि गर्न र अन्धविश्वास तथा कुरीति हटाउन सामाजिक सञ्जालको प्रयोगमा जोड दिइएको छ । वृत्तचित्र तथा रेडियो कार्यक्रम, सडक नाटकजस्ता कार्यक्रम सञ्चालन गर्ने, राजनीतिक, सञ्चार क्षेत्र, उद्योग व्यवसाय र प्राज्ञिक क्षेत्रका उच्च तहका नेतृत्वलाई एउटा मञ्चमा ल्याई विज्ञान प्रविधिलाई प्राथमिकता दिन वर्षमा दुई पटक उच्चस्तरीय छलफल गर्नेलगायतका कार्ययोजना तय गरेको हो । उक्त कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ ।

    यस्तै मौलिक तथा परम्परागत ज्ञान र प्रविधिको प्रवद्र्धन, विद्यालयमा वैज्ञानिक सिकाइ विधि र विज्ञान शिक्षाको सुदृढीकरण, व्यवसायीकरणतर्फ विद्यार्थीको आकर्षण वृद्धि गर्न विद्यालयस्तरदेखि नै प्रारम्भिक सीपमूलक तालीम सञ्चालन गर्ने र अनुसन्धान विकास कार्यको प्रभावकारिता अभिवृद्धि गर्नेलगायत छन् ।

    बैठकमा मन्त्री श्रेष्ठले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको महत्व हुने अहं हुने भएकाले प्रस्तावित कार्ययोजनालाई कार्यान्वयनमा सम्बद्ध सबै मन्त्रालय र निकायको सहयोग आवश्वक रहेको बताउनुभयो । उहाँले सरकारले शिक्षा, विज्ञान र प्रविधिलाई सधैँ प्राथमिकता दिने र यसलाई प्रदेश र स्थानीय तहसम्म कार्यान्वयनमा लान आवश्यक रहेकामा जोड दिनुभयो ।

    बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले यस क्षेत्रमा लगानी वृद्धिका साथै कार्यान्वयनका लागि क्षमतावृद्धि पनि सँगै गर्नुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव डा सञ्जय शर्माले परिषद्को अघिल्लो बैठकले दिएको कार्यादेशअनुसार एक हजारभन्दा बढी सरोकार भएका पक्षसँगको छलफलका आधारमा कार्ययोजना तयार गरिएको जनाउनुभयो । नीतिमा मन्त्रीको अध्यक्षतामा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका सचिव सम्मिलित २१ सदस्यीय परिषद् गठनको प्रबन्ध गरिएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.