सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुस्ती हारेपछि खुट्टो उचाल्ने पहलमान जस्तै हुन् ओली : माधव नेपालले


  •    न्युजभित्तो/४ चैत्र २०७७, बुधबार १४:३६ 
  • काठमाडौं, ४ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट आफूहरू विगतदेखि नै पेलाइमा पर्दै आएको गुनासो गरेका छन् । एमालेमा पहिलेदेखि अहिलेसम्म पीडित बनेकाहरु आज एक ठाउँमा आएको उनले बताए ।

    आज आफ्नो समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा नेता नेपालले ओलीमाथि प्रहार केन्द्रित गरेका थिए । उनले ओलीले निरन्तर तानाशाही प्रवृत्ति देखाएको र विधानविपरित काम गर्दै आएको बताए ।

    नेपालले भने, ‘उहाँले मदन भण्डारी फाउन्डेसनको नामबाट गुटको शुरूआत गर्नुभएको हो । हामीसँग धेरै पुराना नेताहरू हुनुहुन्छ । त्यसबेलादेखि तपाईंहरु पनि पीडित, हामी पनि पीडित । पीडित(पीडित एक ठाउँमा भेला भएका छौं । हामी सबैको पीडा, व्यथा समान छ । मारमुंग्री खानेदेखि अपमान सहनेसम्म भुक्तभोगी तपाईंहरु हुनुहुन्छ ।’

    पार्टीलाई विधिसम्मत चलाउने भन्दा जसरी पनि आफ्नो प्रभूत्व कायम गर्न ओली उद्धत रहेको नेपालले बताए ।

    उनले भने, ‘नेकपा एमालेमा अहिले ८ जना सचिवालयमा छन् । त्यसमध्ये ४ जना हाम्रो विचार समूहका हुनुहुन्छ । त्यो उहाँलाई पच्दै पचेन । सुन्नुभयो नि, उहाँ भन्नुहुन्छ कि म अल्पमतमा पर्ने गल्ती गर्दै गर्दिनँ । उहाँ विधि प्रकृति होइन, अल्पमत बहुमतको मात्रै कुरा गर्नुहुन्छ ।’

    नेपालले ओलीलाई कुस्ती खेल्ने पहलमानसँग तुलना गरे ।

    ‘दुई पहलमान कुस्तीमा उत्रिएछन् । एउटाले हारेछ । हारेर उत्तानो भएपछि पनि खुट्टा उचालेर भन्छ( मेरो एउटा खुट्टा माथि नै छ, जित मेरो भयो । हो, त्यस्तो खालको मान्छे हो केपी ओली ।’

    नेपालले दुई दिनअघि धुम्बाराहीमा बसेको वैठकको प्रसंग पनि रमाइलोसँग सुनाए ।

    ‘मलाई फोन गरेर भन्नुभयो बालुवाटार आउनुस, भेटौं । मैले भने( म बालुवाटार आउँदिन । उहाँले भन्नुभयो( म पनि बाहिर जान मिल्दैन । मैले भनेँ( तपाईं बाहिर जान मिल्दैन, म बालुवाटार आउन मिल्दैन भने भेट हुँदैन हाम्रो । होइन भेट्न त भेटौं भन्नुभयो । त्यसपछि मैले भने( पार्टी अफिस धुम्बाराहीमा भेटौं । उहाँ तयार हुनुभयो । फेरि मैले भने – म एक्लै त भेट्दिन । एक्लै गएँ भने मलाई नानाथरि कुरा गरेर फस्लाङफुस्लुङ पार्नुहुन्छ भन्ने थाहा थियो । उहाँले भन्नुभयो( पाँचजना लिएर आउनुस् । त्यसपछि बल्ल बैठक भयो ।’

    बैठकमा ओलीले पुरानै दम्भ देखाएकाले निष्कर्षमा पुग्न नसकेको नेपालले बताए ।

    ‘हामीलाई ४(५ गतेको भेला फिर्ता लिन भन्नुभयो । हामीले त्यसो भए २८ गतेको बैठकको निर्णय रद्द गर्नुस् भन्यौं । उहाँ त्यसमा तयार हुनुभएन । अझै पनि उहाँमा दम्भ देखियो ।’

    आजको कार्यकर्ता भेला रोक्न ओलीका ‘साइबर स्याल’ सक्रिय बने पनि सफल नभएको नेपालले बताए ।

    उनले भने, ‘एउटा विज्ञप्ति योगेश भट्टराईको नाममा निकालेछन् । मैले पनि हेरेँ । छक्क परेँ । हस्ताक्षर सक्कली छ, विज्ञप्ति नक्कली । त्यसै मान्छेले भनेका होइन रहेछन्, साइबर स्यालहरू अहिले पनि ज्यूँदै छन् भनेर । हिजो नेकपा हुँदा मात्रै थिए होला भनेको त नेकपा एमालेले पुनर्जिवन पाएपछि पनि सक्रिय रहेछन् । साइबर स्यालदेखि होसियार ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.