सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागुऔषध भित्रिने क्रम बढ्यो


  •    न्युजभित्तो/४ चैत्र २०७७, बुधबार १३:४४ 
  • काठमाडौँ, ४ चैत । काठमाडौँमा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ । प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो तीन घटनालाई हेर्ने हो भने पनि प्रहरीले झण्डै ६ हजार एम्पुल लागुऔषधसहित चार अभियुक्तलाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत मुलुकमा पछिल्लो समयमा राजनीतिक आन्दोलनलगायत घटनाक्रम नभएकाले प्रहरीले आपराधिक क्रियाकलाप नियन्त्रणमा सक्रिय हुन पाउँदा यसमा उपलब्धि हासिल भइरहेको बताउनुहुन्छ । उहाँका अनुसार अन्य आपराधिक गतिविधि चोरीठगी गर्ने व्यक्तिसमेत धमाधम पक्राउ परिरहेको जानकारी दिनुभयो । प्रहरीले लागुऔषध कारोवारी सक्रिय भएको आशङ्कामा नाका र सम्भावित जोखिम क्षेत्र पहिचान गरी सुरक्षा सतर्कतासमेत बढाएको जनाएको छ ।

    प्रहरीले काठमाडौँको नाका नागढुङ्गाबाट ठूलो परिमाणमा लागुऔषधसहित १३ वर्षका बालकलाई पक्राउ गरेको थियो । फागुन अन्तिम साता रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नंको बसमा सवार उनको झोलाबाट एक हजार ९०० एम्पुल लागुऔषध भेटिएको थियो । उनको झोलामा डाइजेपान ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको थियो । यसरी लागुऔषध उनले आफैँले ल्याएको नभई उनलाई कसैले प्रयोग गरेको हुन सक्ने प्रहरीले जनाएको छ । यद्यपि उनको विषयमा प्रहरीले अनुसन्धान जारी रोखेको छ ।

    यही चैत २ गते काठमाडौँ महानगरपालिका–४ स्युचाटारबाट सोलुखुम्बु आङ्गु शेर्पा पनि दुई हजार ३७५ एम्पुल लागुऔषधसहित पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा उनलाई फेला पारी कोठा खानतलासी गर्दा उनका साथबाट डाइजेपाम ८११ एम्पुल, फेनारगन ७८४ एम्पुल, नुरफिन ६०० एम्पुल १७९, लुपुजेपाम १७९ एम्पुल र नाइटेजेपाम एक हजार २०० एम्पुल बरामद गरेको छ ।

    यही चैत ३ गते पनि भारत मोतिहारीका सुवासकुमार यादव र पम्पु यादवबाट प्रहरीले एक हजार ४९० एम्पुल लागुऔषध बरामद गरेको छ । उनीहरू पनि अनुसन्धानको दायरमा छन् । पछिल्लो समयमा ठूलो परिमाणको लागुऔषधसहित मानिस पक्राउ परिरहेका छन् । यी त प्रतिनिधि घटना मात्र हुन् । उक्त घटनाले काठमाडौँको उपत्यकामा लागुऔषध भित्रिने मात्रा बढेको देखिएको छ ।

    प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर प्रहरीले सक्रियता देखाएकाले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ पर्न थालेको बताउनुहुन्छ । यसअघि कोभिडका कारण प्रहरीले पनि सक्रियतापूर्वक काम गर्न नसकिरहेका बेला कोभिड सङ्क्रमण नियन्त्रणतर्फ गएकाले प्रहरीले अन्य आपराधिक क्रियाकलाप नियन्त्रणमा केन्द्रित हुन थालेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.