सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टीले कुनै भेला आयोजना गरेको छैन : नेकपा एमाले


  •    न्युजभित्तो/३ चैत्र २०७७, मंगलवार २१:०४ 
  • काठमाडौं ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले चैत ४ र ५ गते पार्टीले कुनै भेला आयोजना नगरेको जनाएको छ । एमालेको नाममा राष्ट्रिय भेला आयोजना गर्ने भनि प्रचारिक समाचार सत्य नभएको पार्टीले जनाएको छ ।

    पार्टी महासचिव ईश्वर पोखरेलले आज एक विज्ञप्ति प्रकाशित गरी केही व्यक्तिहरुले सूचना प्रचारित गरिएको भन्दै त्यसमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।महासचिव पोखरेलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता अनिाधिकृत गुटगत भेला नगर्न–नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता–कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ ।”

    भेलामा सहभागी हुनेहरुलाई कारवाही हुन सक्ने संकेत पोखरेलले गर्नुभएको छ । विज्ञप्तिमा उल्लेख छ “अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा स्पष्ट गरिन्छ ।” नेकपा एमालेको माधव नेपाल समूहले भोली राजधानीमा आफ्नो गुट भेला बोलाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि सो गूट भेलामा जानेहरुलाई कारवाही हुन सक्ने बताईसक्नु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.