सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिजनेस दिन र संसदीय काम कारवाहीलाई अघि बढाउनका लागि प्रधानमन्त्री र सभामुखबीच समन्वय अभाव


  •    न्युजभित्तो/३ चैत्र २०७७, मंगलवार ११:३१ 
  • काठमाडौं,३ चैत । प्रतिनिधिसभा बैठक बिजनेसविहीन हुन थालेको छ । संवैधानिक इजलासको फैसलापछि पुनर्स्थापित प्रतिनिधिसभाको मंगलबार तेस्रो बैठक बस्दैछ । फागुन २३ गते बसेको पहिलो बैठकमा विरोधकै बीच सरकारले संवैधानिक परिषदसम्बन्धी विवादास्पद अध्यादेश पेस गरे पनि अन्य ६ वटा अध्यादेश पेस हुन सकेनन् ।

    फागुन २६ गते बसेको दोस्रो बैठक शोक प्रस्ताव पारित गर्नमै सीमित रह्यो । आज (मङ्गलबार) बस्ने तेस्रो बैठकमा पनि बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । प्रतिनिधिसभा विघटनपछि सरकारले ल्याएका ८ वटा अध्यादेशका बारेमा प्रतिनिधिसभाले टुङ्गो लगाउनुपर्नेमा सरकारले ती अध्यादेशलाई अघि बढाउन चासो नदेखाएको हो । ८ मध्ये संवैधानिक परिषदसम्बन्धी अध्यादेशका सम्बन्धमा विपक्षी दलहरूको घोर आपत्ति छ ।

    नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो अध्यादेश २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ प्रतिनिधिसभामा पेश हुनै बाँकी छ । यस्तै, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७ पनि टेबल गर्न बाँकी नै छ ।

    सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकार पक्षका प्रतिनिधिले प्रधानमन्त्रीलाई सोधेरमात्र अघि बढ्नुपर्ने अडान राखेपछि मंगलबारको प्रतिनिधिसभा बैठकले पर्याप्त बिजनेस पाउन नसकेको हो । सोमबार बसेको समितिको बैठकमा मंगलबारका लागि सम्भावित कार्यसूचीमाथि छलफल गर्दै विभिन्न दलका प्रतिनिधिले संसदमा रहेका विधेयकबारे जानकारी गराउने, दलीय आधारमा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम राख्न सुझाव दिएका थिए । तर सरकार पक्षका प्रतिनिधिले प्रधानमन्त्रीसँग सल्लाह गरेरमात्र अघि बढ्न सकिने अडान राखेपछि सहमति जुट्न नसकेको काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.