सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दलको नेता नै एमाले बनेपछि प्रदेश १ माओवादीको संसदीय दल नेतृत्वविहीन


  •    न्युजभित्तो/१ चैत्र २०७७, आईतवार १२:०९ 
  • विराटनगर, १ चैत। नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता टंक आङबुहाङ एमाले प्रवेश गरेपछि माओवादी केन्द्र प्रदेश १ संसदीय दल नेताविहीन भएको छ ।

    आङबुहाङ शुक्रबार एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएसँगै माओवादी केन्‍द्र दलको नेताविहीन भएको हो ।

    १६ सदस्यीय संसदीय दलका नेता आङबुहाङ एमालेमा गएसँगै प्रदेशसभामा माओवादी केन्द्रको १५ सिट भएको छ । यता माओवादी केन्‍द्रले भने छिट्टै दलको नेता छान्‍ने जनाएको छ ।

    ‘चाँडै संसदीय दलको नेता छान्छौ,’ माओवादी नेता इन्द्रबहादुर आङबोले भने,‘आज बस्न लागेको केन्द्रीय समितिको बैठकले यसबारेमा पनि ठोस निर्णय गर्ने छ ।’

    ताप्लेजुङ ‘ख’ बाट निर्वाचित आङबुहाङ २०५६ सालबाट माओवादीको पूर्णकालीन सदस्य बनेका थिए । सानै उमेरमा राजनीतिमा लागेका आङबुहाङ माओवादी केन्द्रको सचिवालय सदस्य थिए। तर, उनले पछिल्लो राजनितिक घटना क्रमसँगै लामो समयसम्म योगदान गरेको पार्टी परित्याग गरेका हुन् ।

    प्रदेश १ का अन्य जिल्लाको तुलनमा ताप्लेजुङ जिल्लामा एमालेको ओली पक्ष कमजोर छ । नेकपा एक हुँदा ताप्लेजुङका नेता योगेश भट्टराई केन्द्रमा निकै प्रभावशाली रहेका र दुवै जनाको उमेर समूह पनि एउटै भएका कारण आङबुहाङले नेकपा हुँदै ओली पक्षमा लाग्ने तयारी गरेका थिए ।

    पाँचथरबाट प्रदेशसभामा निर्वाचित इन्द्रबहादुर आङबोको स्थानमा आफू सिनियर भएको र प्रदेशको मन्त्रिमण्डलमा आफ्नो नेतृत्वमा जानु पर्ने मनसाय आङबुहाङको थियो । तर, आङबो प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेदेखि नै आङबुहाङले आफूमाथि अन्याय हुँदै आएको बताउँदै आएका थिए ।

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आङबोले नै अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि राईले आङबोलाई मन्त्री पदबाट पुस ११ गते बर्खास्त गरेका थिए । त्यसपछि ओली पक्षले आङबुहाङलाई मन्त्री बनाउने तयारी गरेको थियो । अब दलको नेता आङ्बो हुने सम्भावना छ ।

    एमालेमा प्रवेश गरेपछि नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका नेता आङबुहाङले दल त्याग गरी एमालेमा प्रवेश गरेकाले पार्टीले कारबाही गर्ने कुरा ठूलो नहुने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.